नेभिगेशन
सबै कुरा

मुलुकको दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरण आवश्यक छ : शिक्षामन्त्री भट्टराई

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरण आवश्यक रहेको बताइन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नाष्ट)को ४२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउदै दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरणमा जोड दिनुपर्ने बताएकी हुन् ।

बिज्ञान, शिक्षा विद्यालयस्तरबाटै सुरु गरिएको भन्दै उद्यमशीलतामा केन्द्रीत हुनुपर्ने उनले बताइन् । उनले विद्यालयसंग सहकार्य गरेर युवाहरुको आबिष्कारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले ध्यान दिनुपर्ने धारणा राखिन् । 

नवप्रवर्तन प्रणालीहरुलाई एकीकृत गर्नका लागि अन्वेषण गर्ने सवाल नाष्टका लागि महत्वपूर्ण भएको उनको भनाई छ । 

उनले राष्ट्रिय चूनौतिहरुलाई सम्बोधन गर्दै सवै नागरिकहरुको जीवनस्तरमा सुधार गर्न प्रविधिहरुको प्रयोग गर्नेबारे बिस्तृत छलफल गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

वार्षिकोत्सवका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले बिभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको थियो । नाष्टको पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुलाई थप हौसला प्राप्त हुने मन्त्री भट्टराईले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...