नेभिगेशन
सबै कुरा

मुलुकको दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरण आवश्यक छ : शिक्षामन्त्री भट्टराई

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरण आवश्यक रहेको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नाष्ट)को ४२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउदै दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरणमा जोड दिनुपर्ने बताएकी हुन् ।

Ncell
Extreme Energy

बिज्ञान, शिक्षा विद्यालयस्तरबाटै सुरु गरिएको भन्दै उद्यमशीलतामा केन्द्रीत हुनुपर्ने उनले बताइन् । उनले विद्यालयसंग सहकार्य गरेर युवाहरुको आबिष्कारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले ध्यान दिनुपर्ने धारणा राखिन् । 

नवप्रवर्तन प्रणालीहरुलाई एकीकृत गर्नका लागि अन्वेषण गर्ने सवाल नाष्टका लागि महत्वपूर्ण भएको उनको भनाई छ । 

उनले राष्ट्रिय चूनौतिहरुलाई सम्बोधन गर्दै सवै नागरिकहरुको जीवनस्तरमा सुधार गर्न प्रविधिहरुको प्रयोग गर्नेबारे बिस्तृत छलफल गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

वार्षिकोत्सवका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले बिभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको थियो । नाष्टको पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुलाई थप हौसला प्राप्त हुने मन्त्री भट्टराईले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...