नेभिगेशन
समाज

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भाग बाढी र पहिरोले प्रभावित भएपछि उद्धार र सहयोगका लागि नेपाली सेना परिचालित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ । 

Ncell
Extreme Energy

सेनाका अनुसार, पर्वतको जलजला– ८ स्थित फर्सेस्थित बस्तीमा  कालीगण्डकी पसेपछि नेपाली सेनाका सुरक्षाकर्मीले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। 

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम सिर्जना भएपछि त्यसक्षेत्रमा गोरखदल गणको सुरक्षा बेस  त्रिवेणीबाट सैनिक परिचालन गरिएको र सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा पनि सेनाका सुरक्षाकर्मीले  स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन् । 

पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेपछि दि फेमस महिन्द्र दल गणबाट खटिएका सुरक्षाकर्मीले  खोज तथा उद्धार कार्य गरिरहेको जनाएको छ । 

यता, भरतपुर–१ देवघाटमा र भरतपुर–३ बाह्रघरेमा  नारायणी नदीको सतह बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न नयाँ सबुज गणबाट सैनिक परिचालन परिचालन गरिएको छ । 

तनहुँको घाँसीकुवामा गएको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध गरेपछि कालीभञ्जन गणबाट  खटिएका सैनिक सुरक्षाकर्मीले पहिरो पहिरो हटाई सडक सन्चालन गरेको सैनिक जनसम्पर्क निर्देशनाले जनाएको छ । 

उता, धनुको मिथिला नगरपालिका– ११ आपगाछीमा पहिरोले घर पुरेपछि खोज तथा उद्धारका लागि सैनिक सुरक्षाकर्मी परिचालित भएको सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।