नेभिगेशन
सबै कुरा

कुलमान भन्छन्, 'ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन, नाफा खान हल्ला चलाएका हुन्'

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै हालतमा पनि लोडसेडिङ नहुने बताएका छन् । काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रममा बोल्दै घिसिङले केहि प्राविधिक समस्याका कारण केहि घण्टा विद्यूत आपूर्ति नहुँदा लोडसेडिङको हल्ला चलाएर केहि व्यक्तिले नाफा उठाउन खोजेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोडसेडिङ हुँदा खुशी हुने जमात पनि रहेको दाबी गर्दै घिसिङले केहि उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर सामानको भाउ बढाउन थालेको सुन्नमा आएकाे बताए । उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरे । उनले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ'। 

Ncell
Extreme Energy

 घिसिङले २–४ दिन प्राविधिक समस्या हुँदा लोडसेडिङको हल्ला गर्न लागिएको गुनासो गरे । अहिले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताउँदै उनले भने, 'हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन, डेडिकेटेड ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो'।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...
“जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ ”– शिशिर खनाल

“जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ ”– शिशिर खनाल

नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमाल, नदी, समुद्र तथा तटीय...