नेभिगेशन
सबै कुरा

कुलमान भन्छन्, 'ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन, नाफा खान हल्ला चलाएका हुन्'

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै हालतमा पनि लोडसेडिङ नहुने बताएका छन् । काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रममा बोल्दै घिसिङले केहि प्राविधिक समस्याका कारण केहि घण्टा विद्यूत आपूर्ति नहुँदा लोडसेडिङको हल्ला चलाएर केहि व्यक्तिले नाफा उठाउन खोजेको बताए ।

लोडसेडिङ हुँदा खुशी हुने जमात पनि रहेको दाबी गर्दै घिसिङले केहि उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर सामानको भाउ बढाउन थालेको सुन्नमा आएकाे बताए । उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरे । उनले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ'। 

City Express

 घिसिङले २–४ दिन प्राविधिक समस्या हुँदा लोडसेडिङको हल्ला गर्न लागिएको गुनासो गरे । अहिले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताउँदै उनले भने, 'हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन, डेडिकेटेड ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो'।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन...
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु...
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...