नेभिगेशन
सबै कुरा

फलोअपः बाफलको साझा पेट्रोल पम्प सिल

काठमाडौँ । बाफलको साझा आयल पेट्रोल पम्प सिल गरिएको छ । डिजेलमा पानी मिसाएर बिक्री गरेको भेटिए पछि नेपाल आयल निगम र काठमाडौँ महानगरको अनुगमन टोलीले सो पम्प शुक्रबार सिल गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराले बिहीबार साँझ सो पम्पले पानी मिसिएको डिजेल बिक्री गरेको खुलासा भएको थियो । साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेको सो पम्पले बुधबार साँझ डिजेल भरेका चार वटा गाडीमा पानीसहितको डिजेल बिक्री गरेको थियो।

Ncell
Extreme Energy

साझा पेट्रोल पम्पले बिक्री गर्यो पानी मिसाएको डिजेल, ५० लिटर डिजेल भरेको गाडीमा ३२ लिटर पानी !

बस, बोलेरो एक पिक अप भ्यान, स्कारपियो र एक पहिचान नखुलेको रेडक्रसको गाडीमा बुधबार साँझ मिसावट युक्त तेल हालिएको थियो । ‘बाफलमा साझा सहकारीले सञ्चालन गरेको साझा पेट्रोल पम्प सिल गरिएको छ,’ आयल निगमका प्रवक्ता मनोज ठाकुरले सिधाकुरासँग भने,‘ पम्पमाथी थप अनुसन्धान थालिएको छ ।’

उक्त तेल भरेर गुडेको केही समयमै तीन वटा गाडीहरू बिग्रिएको थियो । मुल सडकमै गाडी बिग्रिए पछि ट्राफिक प्रहरीका सर्वसाधारण आएर  गाडीहरू धकेलेर पम्प नजिक पु¥याईएको थियो । 

बिक्री भएको डिजेलमा तीन भाग पानी र एक भाग डिजेलको मात्रा फेला परेका थियो। पीडित चालकलाई क्षतिपुर्ति दिने र गाडीमा नयाँ तेल भर्ने आश्वासन दिएर पम्पले घटना लुकाउने प्रयत्न गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...