नेभिगेशन
सबै कुरा
शोभा पाठकको बयानः

‘महेश बस्नेतले म माथि गरेको अन्यायको विषयमा एमाले पार्टी कार्यालयमा शंकर पोखरेलसँगै कुरा भएको थियो’ 

काठमाडौँ । एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी महिला जानुका पाठक उर्फ शोभाले आफ्नो र महेशको सम्बन्धको विवाद पार्टी महासचिवलाई पार्टी कार्यालयमै राख्दा पनि न्याय नपाएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाठक र उनका नातेदार बताउने राजकुमार त्रिपाठीबीच यही विषयलाई लिएर सृजना भएको विवाद यतिबेला जिल्ला अदालत काठमाडौँ पुगेको छ । सामाजिक सञ्जालमा गाली गलौज गरेको भन्दै त्रिपाठीले पाठक विरुद्ध हालेको साइबर अपराधको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले पुस ९ गते अदालतमा पेश गरेको थियो । 

Ncell
Extreme Energy

पुस १ गते देखि प्रहरी हिरासतमा रहेकी पाठकलाई अदालतले साधारण तारेखमा छाड्न ११ पुसमा आदेश दिइसकेको छ । सोही मुद्दामा पाठकले प्रहरीलाई दिएको बयानमा महेशले गरेको अन्यायबाट न्याय दिलाइ दिन एमाले पार्टी कार्यालय च्यासलमा महासचिव भेटेको तर न्याय नपाएको उल्लेख छ । महेश र आफू बीचको विवाद मिलाउन आएका राजकुमार त्रिपाठीले छोरीको नाता लगाएर आफ्नो कुरा महेशलाई पुर्याएको तथा नक्कली फेसबुक बनाएर सार्वजनिक गरेको र त्यसको विरुद्धमा सामाजिक सञ्जालमा लेख्दा आफूमाथि झुट्टा मुद्दा लगाइएको उनको बयानमा भनिएको छ । पाठकले महेशले आफूसँग विवाह गर्ने भन्दै निकटस्थ सम्बन्धमा रहेर धोका दिएको आरोप लगाउँदै आएकी छिन् । 

यस्तो छ पाठकले प्रहरीमा दिएको बयान 

जाहेरवाला राज कुमार त्रिपाठीको म लगायत मेरा सम्पूर्ण परिवार बुवा, आमा, भाइ, बहिनी, अङ्कल आन्टी सबैसँग चिनजान छ । निज बेलाबखतमा मेरो घरमा आई पारिवारिक रुपमा खाना खाने, मेरै घरमा बस्ने र मलाई छोरी भन्ने गर्दथे ।

दुःख पर्दा मबाटै सहयोग लिन्थे, महेश बस्नेत र मेरो झगडा परिरहेको बेला मैले विष सेवन गरेँ, त्यतिबेला निज जाहेरवालाले मलाई फोन गरेर छोरी तिम्रो तर्फबाट मुद्दा म लड्छु मैले तिमीलाई न्याय दिलाउँछु, तिमी मर्ने काम नगर भनी फेसबुकको मेसेन्जरमा समेत भ्वाइस म्यासेज  पठाएर मलाई विश्वास दिलाएको थियो ।

महेश बस्नेतले म माथि गरेको अन्याय कै विषयलाई लिएर नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा म र जाहेरवाला राज कुमार त्रिपाठी गई नेकपा एमालेको पार्टी महासचिव शंकर पोखरेलसँग भेट गरी कुराकानीको क्रममा महेश बस्नेतले मेरो छोरीलाई अन्याय गर्यो । पार्टीबाट सहजीकरण गरी दिनुपर्‍यो र महेश बस्नेतलाई पार्टीबाट हटाउनु पर्यो भनी कुरा गर्नुभयो ।

त्यसपछि ठमेलस्थित छाया सेन्टरमा निज जाहेरवालाले आफ्नो भिनाजु धादिङकै थपलिया थर भएको वकिलको अफिसमा लग्यो, त्यहाँ महेश बस्नेतविरुद्ध मुद्दा लेख्न भन्यो तर वहाँले आफ्नो स्टाफ आस्मा केसीलाई लेख्न लगाउनु भयो । त्यही बेलासम्म मेरो मोबाइल मसँग थिएन, आस्मा केसीको ल फर्मबाट निज राज कुमार त्रिपाठीको इमेलमा पठाएको थियो ।

मुद्दा लेखेको कुरा महेश बस्नेतले थाहा पाएपछि वहाँ र म बीच झगडा भयो, यसै सिलसिलामा २ जना अपरिचित व्यक्तिले मेरो मोबाइल, गरगहना लुटी लग्यो । त्यो बेला मसँग मोबाइल नभएको कारणले महेश बस्नेतसँग निज राज कुमार त्रिपाठी नजिक हुन पुग्यो र मेरै घरमा खाना खान आएको बेला मैले र निज राज कुमार त्रिपाठीले गफ गरेका कुराहरू आफ्नै मोबाइलमा रेकर्ड गर्यो र आफूले बोलेका कुराहरू काटी मैले बोलेका कुराहरू टिना टिना नामको आईडिमा पोष्ट गर्यो ।

त्यसपछि मैले साइबर ब्युरोमा मुद्दा दिएँ र पत्रकारहरूले यसै विषयलाई लिएर मलाई बारम्बार फोन गरी प्रश्न गरेकोले प्रत्येक व्यक्तिलाई जवाफ दिन नसकेकोले मैले मेरै फेसबुक प्रोफाइलबाट मैले त्यो अडियो र टिना टिना आईडीको स्क्रिनसट राखी २०२३ मे २९ मा स्पष्टिकरण दिनलाई महेशबाट परिचालित राज कुमार त्रिपाठीको कालो कर्तुत मेरै अपार्टमेन्टमा हामीसँगै बसेर खाएको नपचेको तेरो नजिक र मेरो टाढा कहिले हुँदैन ।

अहिले तलाई परिचालन मात्र गरेको जाबो भरौटे दलाली अर्काको घर भडुवा जस्तो शब्दहरु लेखि पोष्ट गरेकी हुँ । त्यसको भोलि पल्ट राज कुमार त्रिपाठीले मलाई फोन गरी हटाईदेउ भनेपछि मैले हटाई दिएँ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै