नेभिगेशन
सबै कुरा

झारपातले कुरूप बन्दै राराताल

मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्यारउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।

तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पु¥याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका  स्थानीय  शिक्षक नन्दसिंह रोकायाले बताए । “रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ”, उनले भने। 

City Express

रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल बिरूप देखिन थालेको बताए । “जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र बिरूप देखिन थालेको छ”, उनले भने।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश नौपानेले रारातालको पश्चिमतर्फ, निजारलगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए । 

रारा ताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८।५, अमेरिकाबँट ६ हजार ६८ अर्थात् ६।८ प्रतिशत,...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय...
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।