नेभिगेशन
सबै कुरा

बालगायक सचिन परियारको निधन

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत परियारको बिहिबार निधन भएको हो । बिहीबार बिहान करिब १० बजे उनको निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका थिए भने यो विषय अस्पताल प्रशासनले समेत जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पछिल्लो एक हप्तादेखि सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनका बाबु तेजेन्द्रले आर्थिक सहयोगको याचना गरेका थिए । बिहिबार उपचारकै क्रममा उनको निधन भएको हो । 


सानै उमेरमा आफ्नो कलाले परिचित सचिनले थुप्रै गीत गाएका छन् भने केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ हजुर’, ‘बरको छाँयाले’ लगायत गीत गाएका छन् । उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य श्रृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा...
बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी भएको प्रारम्भिक विवरण छ।