नेभिगेशन
सबै कुरा

बालगायक सचिन परियारको निधन

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत परियारको बिहिबार निधन भएको हो । बिहीबार बिहान करिब १० बजे उनको निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका थिए भने यो विषय अस्पताल प्रशासनले समेत जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पछिल्लो एक हप्तादेखि सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनका बाबु तेजेन्द्रले आर्थिक सहयोगको याचना गरेका थिए । बिहिबार उपचारकै क्रममा उनको निधन भएको हो । 


सानै उमेरमा आफ्नो कलाले परिचित सचिनले थुप्रै गीत गाएका छन् भने केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ हजुर’, ‘बरको छाँयाले’ लगायत गीत गाएका छन् । उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य श्रृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...