नेभिगेशन
सबै कुरा

शेरादरबारको जग्गा सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ, गलत गर्नेलाई कारबाही गर्छाैँ : गृहमन्त्री लेखक

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरादरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री लेखकले शेरादरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र गलत ढंगले सो जग्गा कसैको नाम वा कम्पनीमा लगेको पाइए कारबाही गर्ने बताएका हुन् । “यस विषयमा अनुसन्धान हुन्छ, कारबाही अघि बढ्छ”, उनले भने, “त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ ।”

Ncell
Extreme Energy

गृहमन्त्री लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको बताएका छन् । “सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध छ”, गृहमन्त्री लेखकले भने । 

त्यस्तै मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उनले जनताबाट आवधिकरुपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गरे । “सरकारमाथि सबैले विश्वास गर्नुपर्छ, कमी कमजोरी भए खबरदारी गर्नुपर्छ”, उनले भने । 

उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुनसक्ने बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...