नेभिगेशन
समाज

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

बैतडी । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैतडी जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

Ncell
Extreme Energy

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुलामा भारी वर्षाको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्लाका प्रशासनले सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्।

बैतडीमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचलाउन यातायात व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले त्यहाँ पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवै जिल्लाका स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न तथा मौसमको अवस्था हेरेर मात्र आवागमन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

देशभर अधिकांश स्थानमा आज बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।