नेभिगेशन
समाज

झापामा पहिलोपटक ड्रोनबाट बाढीको जोखिम निगरानी

भद्रपुर (झापा) । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा पहिलोपटक ड्रोनबाट जोखिम क्षेत्रको निगरानी थालिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यलाई प्रभावकारी बनाउन शुक्रबारदेखि ड्रोन प्रयोगमा ल्याएको हो।

Ncell
Extreme Energy

डिभिजन वन कार्यालयसँगको समन्वयमा प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिनेछ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताए।

'जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,' उनले भने।

उनका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं. १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं. १ र २ का ६९५ गरी १ हजार १६९ घरपरिवार डुबानको जोखिममा छन्।

सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन्।

शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो। ती नदी क्षेत्रमा तीनवटा साइरन जडान गरिएको छ। शुक्रबार साँझतिर नदीको जलसतह घटेको पोखरेलले जानकारी दिए।

उनका अनुसार इलाम क्षेत्रमा भारी वर्षा हुँदा त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले सोही समयलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ।

'इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,' उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...