नेभिगेशन
पूर्वाधार

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ । त्रिशुली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने, घण्टौँ पालो पर्खिर तुइनको यात्रा गर्नुपर्ने बाध्यता बाढी प्रभावित क्षेत्रका स्थानीयलाई छ ।

Damaged-Bridge_9-1790393370.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Damaged-Bridge_12-1790393378.jpg

Ncell
Extreme Energy

Damage-Bridge-20832-1790393389.jpg

Damaged-Bridge_6-1790393405.jpg

Damaged-Bridge_1-1790393391.jpg

Damaged-Bridge_2-1790393397.jpg

Damaged-Bridge_7-1790393420.jpg

Damage-Bridge-20834-1790393414.jpg

Bridge-Damaged_20831-1790393421.jpg

Damaged-Bridge_3-1790393414.jpg

Damaged-Bridge_4-1790393403.jpg

bridge--1790393362.jpg

bridge--44-1790393362.jpg

Bridge-Damaged_2083-1790393370.jpg

Damage-Bridge-2083-5-1790393429.jpg

bridge--51-1790393427.jpg

Damaged-Bridge_8-1790393435.jpg

bridge--49-1790393436.jpg


बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क सहज हुन सकेको छैन ।

बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ । पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३ र धादिङमा ५ वटा छन् । बाँकी एउटा गोरखामा परेको छ। मोटरेबल पुलतर्फ ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

झोलुङ्गे पुलमा पनि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ । यसले नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनाएको छ।

पुल र सडक बगेपछि स्थानीयको समस्या यातायातमा मात्रै सीमित छैन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने काम, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ ।

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...