नेभिगेशन
पूर्वाधार

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा भएको क्षतिले आवतजावत प्रभावित छ । त्रिशुली वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने, घण्टौँ पालो पर्खिर तुइनको यात्रा गर्नुपर्ने बाध्यता बाढी प्रभावित क्षेत्रका स्थानीयलाई छ ।

Damaged-Bridge_9-1790393370.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Damaged-Bridge_12-1790393378.jpg

Ncell
Extreme Energy

Damage-Bridge-20832-1790393389.jpg

Damaged-Bridge_6-1790393405.jpg

Damaged-Bridge_1-1790393391.jpg

Damaged-Bridge_2-1790393397.jpg

Damaged-Bridge_7-1790393420.jpg

Damage-Bridge-20834-1790393414.jpg

Bridge-Damaged_20831-1790393421.jpg

Damaged-Bridge_3-1790393414.jpg

Damaged-Bridge_4-1790393403.jpg

bridge--1790393362.jpg

bridge--44-1790393362.jpg

Bridge-Damaged_2083-1790393370.jpg

Damage-Bridge-2083-5-1790393429.jpg

bridge--51-1790393427.jpg

Damaged-Bridge_8-1790393435.jpg

bridge--49-1790393436.jpg


बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क सहज हुन सकेको छैन ।

बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ । पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३ र धादिङमा ५ वटा छन् । बाँकी एउटा गोरखामा परेको छ। मोटरेबल पुलतर्फ ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

झोलुङ्गे पुलमा पनि १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ । यसले नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनाएको छ।

पुल र सडक बगेपछि स्थानीयको समस्या यातायातमा मात्रै सीमित छैन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने काम, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ ।

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।