नेभिगेशन
सबै कुरा

गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

गाेरखा : गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन  हुने भएको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको  प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका  छात्र तथा छात्राको फुटबल टोलीको  सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई  रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई  रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

Ncell
Extreme Energy

उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । 

उनले यस्ता प्रतियोगिताले स्वास्थ्यका साथै  युवाको व्यक्तित्व विकासमा पनि सहयोग पु¥याउने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान्...