नेभिगेशन
फुटबल

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

काठमाडौं । युवा खेलाडीको साथ पाएको स्पेनले १६ वर्षपछि आफ्नो नयाँ युगको विस्तार गरेको छ । सोमबार बिहान अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी मैदानमा स्पेनले साविक विजेता अर्जेन्टिनाको चुनौती १–० ले पाखा लगायो र आफ्नो जर्सीमा दोस्रो तारा थप्न सफल भयो ।

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बन्यो । त्यसको फाइदा स्पेनले लियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलभर ६५ प्रतिशत बल पोसेसन राखे पनि स्पेनले गोलका लागि भने निकै संघर्ष गर्नुपर्‍यो । बार्सिलोनाका स्टारले खेलको १०६औँ मिनेटमा गोल गरेका थिए । खेल पूर्ण रूपमा स्पेनले आफ्नो पक्षमा पार्‍यो । अर्जेन्टिनाले खेलभर दुई सशक्त प्रहार गर्दा स्पेनले २० पटक गोलको अवसर बनायो । तर, गोलकिपर इमिलियानो मार्टिनेजले स्पेनका लगातारका प्रहार विफल बनाएका थिए । उनले ११ प्रहार रोकेका थिए ।

Ncell
Extreme Energy

विश्व फुटबलमा नयाँ युग सुरु भएको र आफ्नो अधिपत्य स्थापित भएको सन्देश यसले दियो । स्पेनले पुनः युरोपेली फुटबलमा आफ्नो दबदबा रहने प्रष्ट जानकारी गरायो । युवा पुस्ताले आगामी दिनमा स्पेनको फुटबल हाँक्ने प्रष्ट सन्देश दिएको छ । घरेलु लिग 'ला लिगा' खेलिरहेका अधिकांश खेलाडी समावेश गरेको स्पेनले योसँगै ला लिगाको ब्रान्डलाई झनै सशक्त बनाएको छ ।

शानदार बल नियन्त्रण, हाइ प्रेसिङ गेम, तीव्र गति र अनुशासित खेलका कारण स्पेनले उपाधि दाबेदार टोलीलाई पराजित गर्न सफल भयो । फाइनलमा विश्व नम्बर एक अर्जेन्टिनालाई हराएर 'टप अफ द वर्ल्ड' मा आफूलाई उभ्यायो । सेमिफाइनलमा फ्रान्सजस्तो खतरनाक अट्याकर भएको टोलीलाई निरीह बनायो र २–० ले विजयी भयो । क्वार्टरफाइनलमा बेल्जियमको चुनौती २–१ ले पाखा लगायो । यस्तै, प्रि–क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डो कप्तान रहेको पोर्चुगललाई पनि १–० ले पराजित गरेको हो ।

सन् २०१० मा च्याम्पियन भएपछि स्पेनले लगातार कमजोर प्रदर्शन गर्‍यो । सन् २०१४ मा समूह चरणबाट माथि बढ्नै सकेन । पछिल्लो दुई संस्करण पनि अन्तिम १६ बाट माथि बढ्न नसकेपछि स्पेनिस फुटबलले युवा खेलाडीलाई प्रवद्र्धन गर्‍यो । टोलीमा केही मात्र अनुभवी खेलाडी समावेश गरेर युवा खेलाडीलाई मौका दिइयो ।

यो रणनीतिमा प्रशिक्षक लुइस फुइन्टे सफल देखिए । सन् २०१० मा जस्तै युरोकप उपाधि हुँदै विश्वकपमै उपाधि जिताउन उनी सफल भएका छन् । स्पेनले एकपटक पुनः २०१० कै झल्को दिने गरी खेल खेल्यो । सन् २०१० को फाइनलमा पनि स्पेनले नेदरल्यान्ड्सको चुनौती १–० ले पाखा लगाएको थियो । मिडफिल्डर आन्द्रेस इनिएष्टाले ११६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । यसपटक सोही क्रम दोहोरियो ।

फाइनलसँगै स्पेनले लगातार ३८ खेलमा अपराजित यात्रा कायम राखेको छ, जसमा २९ जित र ९ बराबरी रहेको छ । योसँगै स्पेनले इटालीको ३७ खेलको अपराजित यात्रा भङ्ग गरेको हो । यसअघि अर्जेन्टिनाले पनि यस्तै कीर्तिमान बनाएको थियो, त्यसलाई समेत स्पेनले भङ्ग गरेको छ ।

यता, स्पेनका गोलकिपर उनाइ सिमोनले फाइनलसहित ८ खेल खेल्दा सात खेलमा ‘क्लिन सिट’ राखे । सिमोन विश्वकपकै उत्कृष्ट गोलकिपर हुँदै ‘गोल्डेन ग्लोभ्स’ जित्न सफल भए ।

स्पेनका १९ वर्षीय डिफेन्डर उत्कृष्ट युवा प्रतिभावान खेलाडी चुनिए । उनीसँगै स्पेनले लामिन यमल, पाब्लो गाभी, निको विलियम्स, एरिक गार्सिया, पेड्री, एलेक्स बाइना लगायत युवा खेलाडीलाई टोलीमा समावेश गरेको थियो । यी सबै खेलाडीले आफूलाई प्रमाणित गरे । यता, ३० वर्षीय कप्तान रोड्री, फावियन रुइज, ऐमेरिक लापोर्टे, मार्क कुकुरेला, डानी ओल्मो, मिकेल ओयर्जाबाल जस्ता खेलाडीले टोलीको प्रदर्शनमा सुनमा सुगन्ध थपे । विश्वकपभरि मिडफिल्डमा शानदार प्रदर्शन गरेका कप्तान रोड्रीले गोल्डेन बल हात पारे ।

यता, २२ खेलमा २२ गोल गरेर कीर्तिमान बनाएका केलिएन एम्बाप्पेले गोल्डेन बुट जिते । उनी विश्वकप इतिहासमा सन् २०२२ र सन् २०२६ मा लगातार गोल्डेन बुट जित्ने एक्ला खेलाडी भए । यस विश्वकपमा उनले १० गोल गरेका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ८ गोल गरेका थिए । मेसीलाई फाइनल खेलमा २ गोल गरे मात्र गोल्डेन बुट र सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लने अवसर थियो, जुन पूरा हुन सकेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।