नेभिगेशन
सबै कुरा

ह्यात प्यालेसको स्तरोन्नति, बन्यो ह्यात सेन्ट्रिक

काठमाडाैँ । ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ । काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्ने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँले राजधानी काठमाडौँको सारलाई अनुभव गर्न जीवन्त कला, उत्कृष्ट पाककला तथा नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्ने दावी गरिएको छ । 

Ncell
Extreme Energy

सिटि होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानका अनुसार उक्त होटलको प्रत्येक कुनाले काठमाडौँ सहरलाई प्रस्तुत गरेको छ । ‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौँको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौँ’,  गोल्यानले भने, ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ, र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’

नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटलमा अतिथीलाई स्वागत गर्न आफूहरु आतुर रहेको महाप्रबन्धक वरुण तलवार बताउँछन् । ‘हाम्रो लक्ष्य काठमाडौँको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो’,  तलवारले भने, ‘मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौँ ।’

होटलमा १५३ आकर्षक कोठाहरू छन् । होटलका अनुसार प्रत्येका कोठामा अतिथिहरूको सहजताका लागि आवश्यक सम्पुर्ण सुविधाहरु उपलब्ध छन् ।

होटलमा यात्रुहरुलाई स्वागत सत्कार गर्न लबीलाई खुला र भब्य पारिएको छ । प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्‍याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार रहने होटलले जनाएको छ । ८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहररु खानपान सेवासहित उपलब्ध छ । १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरु बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त रहेको र यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्ने होटलले जनाएको छ । सेंट्रिक लाउन्ज, जिङ स्काई पूल बार र डेक, पुरा दिन सञ्चालन हुने रेस्टुरेन्ट होटलका अन्य विशेषता हुन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...