नेभिगेशन
सबै कुरा

युएई र हङकङसँग हुन गईरहेको त्रिकोणात्मक सिरिज नखेल्ने सन्दीपको निर्णय

२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आगामी अन्तराष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जालमा आफू कठिन अवास्थामा रहेको बताउँदै प्रतियोगितबाट नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनःजागृत गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको छु। मलाई  अहिलेसम्म आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्दछु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म ।'

Extreme Energy

’

नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । तर सन्दिपले उक्त प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् ।

नाबालिग बलात्कारको आरोप खेपिरहेका सन्दिपविरुद्धको मुद्दा निरन्तर स्थगित हुँदै आएको छ । गत फागुनमा नै सर्वोच्च अदालतले उनको मुद्दाको टुंगो चाँडै लगाउन निर्देशन दिएपनि जिल्ला आदलतले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । उनको मुद्दाको पछिल्लो पेशी बिहिबारका लागि तोकिएको थियो । तर जिल्ला अदालतमा न्यायाधीश अभावको कारण पुन स्थगित हुन पुग्यो । 

अदालतको निरन्तरको अर्घेल्याईँका काराण उनी मानसिक तनाबमा रहेको निकटस्थहरु बताउँछन् । अहिले उनले प्रतियोगित नै नखेल्ने निर्णय लिदा उनको आफ्नो करियरसँगै टिममै असर पर्नसकक्ने उनका समर्थकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर