नेभिगेशन
पैसाका कुरा

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याउने तयारी भएको जनाएको छ । सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाएको थियो ।

रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।

Dish Home
Global Ime Bank

रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।”

रेड्मी नोट १४ प्रो+५जीः आइकनिक शट्स, टिकाउपन र बोल्ड डिजाइन

मुख्य विशेषताहरूः

स्टाइलिश डिजाइन र उच्च टिकाउपनः

रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ । यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।

स्न्यापड्रागन ७ एस जेन ३ को उच्च प्रदर्शनः

रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ ।

२०० मेगापिक्सेलको प्रो–ग्रेड एआई क्यामेराः

२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।

१२० वाट हाइपरचार्जः

५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ  जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।

एआई विशेषताहरूः गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।

रेड्मी नोट १४ प्रो ५जीः सुन्दरता र प्रदर्शनको उत्कृष्ट संयोजन

मुख्य विशेषताहरूः

प्रिमियम डिजाइन र आइपी ६८ सुरक्षाः

स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ जसले यो मोडल दैनिक प्रयोगलाई अझ आकर्षक रहन्छ ।

मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः

४ एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

२०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः

ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँदछ । साथमा एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँदछ ।

दिगो ब्याट्री र टर्बो चार्जिङः

५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर सहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ ।

एआई विशेषताहरूः सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।

रेड्मी नोट १४ ५जीः आकर्षक फोटोग्राफी, उत्कृष्ट प्रदर्शन

मुख्य विशेषताहरूः

स्टाइलिस र टिकाउ डिजाइनः

आइपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ । कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ ।

उत्कृष्ट प्रोसेसरः 

मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ ।  ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ ।

१०८ मेगापिक्सेलको एआई क्यामेराः

ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ । ८ मेगापिक्सेलको  अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अझ रोमाञ्चक बनाउँदछ ।

एआई विशेषताहरूः

गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।

रेड्मी नोट १४ः दैनिक प्रयोगका लागि उत्कृष्ट

मुख्य विशेषताहरूः

स्टाइलिस डिजाइनः

मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । ८.१६ मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुन्छ ।

मिडियाटेक हेलियो जी ९९–अल्ट्रा प्रोसेसरः

६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेटले रेड्मी नोट १४ मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यो मोडल ६जीबी +१२८ जीबी र ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

१०८ मेगापिक्सेलको एआई क्यामरा प्रणालीः

१०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ । त्यसैगरी २० मेगापिक्सेलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ ।

५५०० एमएएच ब्याट्री र ३३ वाट टर्बो चार्जिङः

५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छ भने यो चार्ज पनि छिटो हुन्छ । 

एआई विशेषताहरूः

गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।

मूल्य र उपलब्धताः

रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा रु.२४,९९९ (६/१२८ जीबी), रु. २७,९९९  (८/२५६ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा रु. ३०,९९९ (८/२५६ जीबी) र रु. ३५,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा रु.३९,९९९ (८/२५६ जीबी), र रु.४४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।

रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा रु. ४९,९९९ (८/२५६ जीबी), र रु. ५४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

“नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?”, उनले भने, “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं ।” मन्त्रालयका सचिव स्तरबाट मेटाका अधिकारीबीच...
चीनले बनायो विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन 

चीनले बनायो विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन 

यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले...
ह्वाट्सएपमा नयाँ फिचरः एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

ह्वाट्सएपमा नयाँ फिचरः एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

‘वाबबीटाइन्फो’ का अनुसार मोशन फोटोहरूको लागि एपको मिडिया–साझेदारी क्षमताहरू विस्तार गर्ने लक्ष्य व्हाट्सएपले राखेको छ । ह्वाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोशन फोटोहरूको लागि समर्पित नयाँ बटन...
अन्ततः ९ महिनापछि पृथ्वीमा फर्कीए अन्तरिक्ष यात्री सुनिता र बुच

अन्ततः ९ महिनापछि पृथ्वीमा फर्कीए अन्तरिक्ष यात्री सुनिता र बुच

सन् २०२४ जुन ५ मा जम्मा आठ दिन अन्तरिक्षमा बिताउन परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को गएका सुनिता विलियम्स र बुच विलमोर, यानमा खराबी आएपछि यात्रा ९...