नेभिगेशन
सबै कुरा

शताब्दी महोत्सव मनाउँदै धादिङको किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालय

धादिङ  । धादिङको किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालय स्थापना भएको १०० वर्ष पुगेको छ । गल्छी गाउँपालिका–४ कार्किडाँडामा रहेको सो विद्यालय स्थापनाको सय वर्ष पुगेको खुसीयालीमा विद्यालयले माघ १९ देखि २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताब्दी महोत्सव मनाउने भएको छ ।

शताब्दी महोत्सवमा गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रमका साथै पूर्व शिक्षक, विद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले सिधाकुरालाई जानकारी दिए ।

Dish home
City Express

बिक्रम सम्वत १९८२ माघ २१ गते भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालय गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो विद्यालयको रुपमा चिनिन्छ । लामो समयसम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुङ्गा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेको सो विद्यालयमा अहिले सुविधा सम्पन्न भवन सहितको संरचना रहेको छ । 

स्थापनको सुरुवाती कालमा भाषा पाठशालाका रुपमा सञ्चालनमा रहेको सो विद्यालयमा चौतारामा राखेर रुद्री, चण्डी, कौमदी, अमरकोष लगायतका पढाई हुने गथ्र्यो भने २००४ सालबाट संस्कृतका साथै गणितिय तथा व्यवहारिक ज्ञानको पढाई सुरु गरिएको थियो  ।

भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय, २०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको सो विद्यालयबाट अहिलेसम्म ७ सय ९४ जनाले एसएलसी र एसइई साथै २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालयका प्रधानाध्यापक अधिकारी बताउँछन् । 

सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश विदशका उच्च तहमा पुगेका छन् । सोही विद्यालयमा अध्ययन गरेका दिपेन्द्रपुरुष ढकाल नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर रहेका थिए भने दामोदर पुरुष ढकाल पूर्व न्यायाधिश भएका थिए । त्यस्तै प्रा.डा. रामचन्द्र गौतम ,प्रा.डा. डिल्ली प्रसाद गौतम, पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल सोही विद्यालयमा अध्ययन गरेका हुन् । 

सिरुवानीका भवनाथ अधिकारी सो विद्यालयका संस्थापक प्रधानाध्यापक हुन्। अधिकारीपछि नुवाकोट दुईपिपल झिल्टुङका महानन्द नेपालले पनि भाषा पाठशालामा पढाएको अभिलेख भेटिएको विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान बहादुर भण्डारीले बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।

भर्खरै