नेभिगेशन
सबै कुरा

शताब्दी महोत्सव मनाउँदै धादिङको किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालय

धादिङ  । धादिङको किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालय स्थापना भएको १०० वर्ष पुगेको छ । गल्छी गाउँपालिका–४ कार्किडाँडामा रहेको सो विद्यालय स्थापनाको सय वर्ष पुगेको खुसीयालीमा विद्यालयले माघ १९ देखि २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताब्दी महोत्सव मनाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शताब्दी महोत्सवमा गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद प्रतियोगिता, सांगितिक कार्यक्रमका साथै पूर्व शिक्षक, विद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले सिधाकुरालाई जानकारी दिए ।

Ncell
Extreme Energy

बिक्रम सम्वत १९८२ माघ २१ गते भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालय गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो विद्यालयको रुपमा चिनिन्छ । लामो समयसम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुङ्गा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेको सो विद्यालयमा अहिले सुविधा सम्पन्न भवन सहितको संरचना रहेको छ । 

स्थापनको सुरुवाती कालमा भाषा पाठशालाका रुपमा सञ्चालनमा रहेको सो विद्यालयमा चौतारामा राखेर रुद्री, चण्डी, कौमदी, अमरकोष लगायतका पढाई हुने गथ्र्यो भने २००४ सालबाट संस्कृतका साथै गणितिय तथा व्यवहारिक ज्ञानको पढाई सुरु गरिएको थियो  ।

भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय, २०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको सो विद्यालयबाट अहिलेसम्म ७ सय ९४ जनाले एसएलसी र एसइई साथै २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालयका प्रधानाध्यापक अधिकारी बताउँछन् । 

सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश विदशका उच्च तहमा पुगेका छन् । सोही विद्यालयमा अध्ययन गरेका दिपेन्द्रपुरुष ढकाल नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर रहेका थिए भने दामोदर पुरुष ढकाल पूर्व न्यायाधिश भएका थिए । त्यस्तै प्रा.डा. रामचन्द्र गौतम ,प्रा.डा. डिल्ली प्रसाद गौतम, पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल सोही विद्यालयमा अध्ययन गरेका हुन् । 

सिरुवानीका भवनाथ अधिकारी सो विद्यालयका संस्थापक प्रधानाध्यापक हुन्। अधिकारीपछि नुवाकोट दुईपिपल झिल्टुङका महानन्द नेपालले पनि भाषा पाठशालामा पढाएको अभिलेख भेटिएको विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान बहादुर भण्डारीले बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...