नेभिगेशन
सबै कुरा

पुल नबन्दा सास्ती खेप्दै गुजराबासी, पाँच पटक म्याद थप्दा समेत बनेन लमाहा पुल

रौतहट । रौतहटको पश्चिमी भेगमा पर्ने गुजरा नगरपालिका-१ कोठियारस्थित लमाहा खोला पुल अलपत्र छ । निर्माण सम्पन्न गर्न पाँच पटक म्याद थप भएपनि हालसम्म पुल बनिनसक्दा स्थानीयले सास्ती व्योहोर्न बाध्य छन् । 

लमाहा खोलाको १ सय २५ मिटर लामो सो पुल निर्माणको जिम्मा पप्पु/शिवशंकर जे.भि.,गरुडा, रौतहटले लिएको थियो । चन्द्रपुर र गुजरा नगरपालिकालाई जोडने प्रिस्ट्रेस आरसिसि पुल निर्माणको लागी २०७३ साल जेठ २ गते सम्झौता भएको थियो । २०७५ साल असोज १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको सो पुल पाँच पटक म्याद थप्दासमेत बन्न सकेको छैन । 

ठेकेदारले पटकपटक म्याद थप्ने तर समयमा काम नगर्दा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । ‘लमाहा खोलामा पुल बन्ने आशामा गुजराबासी बसेको वर्षौँ भयो । हरेक बर्खामा पुल तर्न जोखिम मोल्नुपर्ने बाध्यता छ भने बाढी आएको बेला आवतजावतनै बन्द हुन्छ  ।’, स्थानीय सुमन सापकोटाले बताए ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका अनुसार सो पुल निर्माण गर्न ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँमा ठेक्का लागेको थियो । हालसम्म उक्त पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेपनि बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा बनेको संरचनासमेत जिर्ण बन्दै गएको छ । 

३ वटा स्पान रहेको सो पुल निर्माणको लागी डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ५ करोड ४५ लाख ४५ हजार ८ सय २८ रुपैयाँ भुक्तानी गरिसकेको कार्यालयका सुचना अधिकारी ई.शिव नारायण प्रसाद साहले जानकारी दिए ।

सरकार र सरकारका निकायले ठेकेदार पक्षलाई कारबाही नगर्दा आफूहरुले सास्ती पाएको स्थानीयको गुनासो छ । ‘पुल बन्ने आशै आशमा ८ बर्ष बित्यो तर बनेन । अब त पुल बन्ने आश पनि मरिसक्यो ।’, स्थानीय राजकुमार कटवाल बताउँछन् । 

त्यस्तै उनले आफूले ठेकेदारको सामान राख्न घर दिएको, पुल बनाउन बत्तीसमेत आफ्नै घरबाट लगेपनि ती दुवैको भुक्तानी बाँही रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आपूर्तिकर्तासंग सात लाख थान विधुतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

आपूर्तिकर्तासंग सात लाख थान विधुतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

हदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई...
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने...
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५...
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको...