नेभिगेशन
सबै कुरा

पुल नबन्दा सास्ती खेप्दै गुजराबासी, पाँच पटक म्याद थप्दा समेत बनेन लमाहा पुल

रौतहट । रौतहटको पश्चिमी भेगमा पर्ने गुजरा नगरपालिका-१ कोठियारस्थित लमाहा खोला पुल अलपत्र छ । निर्माण सम्पन्न गर्न पाँच पटक म्याद थप भएपनि हालसम्म पुल बनिनसक्दा स्थानीयले सास्ती व्योहोर्न बाध्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लमाहा खोलाको १ सय २५ मिटर लामो सो पुल निर्माणको जिम्मा पप्पु/शिवशंकर जे.भि.,गरुडा, रौतहटले लिएको थियो । चन्द्रपुर र गुजरा नगरपालिकालाई जोडने प्रिस्ट्रेस आरसिसि पुल निर्माणको लागी २०७३ साल जेठ २ गते सम्झौता भएको थियो । २०७५ साल असोज १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको सो पुल पाँच पटक म्याद थप्दासमेत बन्न सकेको छैन । 

Ncell
Extreme Energy

ठेकेदारले पटकपटक म्याद थप्ने तर समयमा काम नगर्दा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । ‘लमाहा खोलामा पुल बन्ने आशामा गुजराबासी बसेको वर्षौँ भयो । हरेक बर्खामा पुल तर्न जोखिम मोल्नुपर्ने बाध्यता छ भने बाढी आएको बेला आवतजावतनै बन्द हुन्छ  ।’, स्थानीय सुमन सापकोटाले बताए ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका अनुसार सो पुल निर्माण गर्न ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँमा ठेक्का लागेको थियो । हालसम्म उक्त पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेपनि बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा बनेको संरचनासमेत जिर्ण बन्दै गएको छ । 

३ वटा स्पान रहेको सो पुल निर्माणको लागी डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ५ करोड ४५ लाख ४५ हजार ८ सय २८ रुपैयाँ भुक्तानी गरिसकेको कार्यालयका सुचना अधिकारी ई.शिव नारायण प्रसाद साहले जानकारी दिए ।

सरकार र सरकारका निकायले ठेकेदार पक्षलाई कारबाही नगर्दा आफूहरुले सास्ती पाएको स्थानीयको गुनासो छ । ‘पुल बन्ने आशै आशमा ८ बर्ष बित्यो तर बनेन । अब त पुल बन्ने आश पनि मरिसक्यो ।’, स्थानीय राजकुमार कटवाल बताउँछन् । 

त्यस्तै उनले आफूले ठेकेदारको सामान राख्न घर दिएको, पुल बनाउन बत्तीसमेत आफ्नै घरबाट लगेपनि ती दुवैको भुक्तानी बाँही रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...

भर्खरै