नेभिगेशन
सबै कुरा

छिचोलियो सिद्धबाबा सुरुङ (भिडियो रिपोर्ट)

रुपन्देही । सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिक रहेको बहुचर्चित सुरुङको मुख्य टनेलको शुक्रबार ‘ब्रेक थ्रु’ गरेका हुन् । 


Dish Home
Global Ime Bank

मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन रहेको भन्दै देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जाने धारणा राखे । 

बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । उक्त सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेदेखि शुरु भएको थियो । आउँदो वर्षायामको अप्ठ्यारो मौसमको समयमा सुरुङमार्गबाट सवारी साधन सञ्चालनको तयारी छ । हालसम्म, आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो। 

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो। सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ। 

तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो। यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलिब्रिज भाँचिदा घाइते भएका ३ जना कामदारको मृत्यु

बेलिब्रिज भाँचिदा घाइते भएका ३ जना कामदारको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण...
निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू)

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू)

काठमाडौँको मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुङ्गा छाप्ने तयारी स्वरूप निकालिएका डुङ्गाहरू अहिले बल्ल छापिन थालिएका छन्। ढिलो गरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र...
अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि छ्यापिएको थियो कालो मोसो, को हुन् पक्राउ परेका ३ युवा ?

अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि छ्यापिएको थियो कालो मोसो, को हुन् पक्राउ परेका ३ युवा ?

बिहीबार अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजका न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि इजलासमै कालो मोसो प्रहार भयो । इजलास चलिरहेकै अवस्थामा केही...
मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर...

भर्खरै