नेभिगेशन
सबै कुरा

युक्रेन सेनाको नियन्त्रणमा परेका २ नेपाली ९ महिनापछि स्वदेश फर्कीए

काठमाडौँ । दलालको फन्दामा परेर युक्रेन सेनाको नियन्त्रणमा पुगेका  पुगेका दोलखाका स्याङ्बोशेर शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा नेपाल फर्कीएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

दोलखाका स्याङ्बोशेर  र तेह्रथुमका फुर्वा अपरान्ह् २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनीहरु मोल्दोभाबाट टर्किस् एयरलाइन्समार्फत  टर्कीको राजधानी स्तानबुल, स्तानबुलबाट एयर इन्डियाको जहाजमार्फत दिल्ली हुँदै नेपाल फर्कीएका हुन् । 

युद्धग्रस्त युक्रेनमा सपनाको खोजी गर्दै रोजगारीका लागि उडेका उनीहरु ९ महिना लामो अलपत्र जीवन भोगेर सङ्घर्षपूर्ण उद्धार पछि  नेपाल फर्किएका छन् । 

जर्मनीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको पहलमा उनीहरु युक्रेनबाट मोल्दोभा, त्यहाँबाट टर्की र दिल्ली हुँदै काठमाडौँ आएका हुन् । दलालले भिसा सकिनु भन्दा ७ दिनअघि युक्रेन पुर्याएका शेर्पा दाजुभाइलाई अवैध भन्दै युक्रेनको सेनाले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेको थियो । 

पासपोर्ट देखाएपछि आफ्नै देश फर्किएर जाउ भनेर पटक पटक मोल्दोभाको बोर्डसम्म युक्रेनका सेनाले पठाउँदा पनि उनीहरु आफ्नै देशको बेवास्ताले फर्कन सकेका थिएनन् । तर, जर्मनीको दूतावासमा राजदूत फेरिएपछि र गैरआवासीय नेपाली सङ्घले पहल थालेपछी उनीहरु नेपाल आउन सफल भएका हुन् । 



दलालले भन्थ्यो युद्ध छैन, आकर्षक तलब हुन्छ                   

गत असारमा उनीहरु दुवै जना नयाँ दिल्ली हुँदै आकर्षक रोजगारीको प्रलोभनमा युक्रेन पुगेका थिए । काठमाडौँबाट नयाँ दिल्ली र दिल्लीबाट मोल्दोभाको ट्रान्जिट भिसामार्फत उनीहरु विद्यार्थी भिसामा युक्रेन पुगे । 

स्याङ्बोशेरका अनुसार नेपालमा काम गरेर परिवार पाल्न नसकेपछि उनीहरु आकर्षक वैदेशिक रोजगारीको खोजीमा थिए । यही मेसोमा भेटिएका दलालले भारतबाट दिल्ली हुँदै मोल्दोभा भएर युक्रेन जान सकिने बताए  ।

युद्ध नभएको क्षेत्रमा आर्कषक जागिर र धेरै तलब पाइने प्रलोभनमा परेर आफूहरू युक्रेन आइपुगेको अर्का पीडित  फुर्वा शेर्पा बताउँछन् । तर, मोल्दोभाबाट युक्रेन छिरेको एक सातामै उनीहरु पक्राउ परे । युक्रेन सुरक्षा गार्डले पक्राउ गरेर उनीहरूलाई अवैध विदेशी घर फर्काइने शिविरमा राखेको थियो ।


 

शिविरमा लगिएको दिनदेखि नै आफूहरूको उद्धारका लागि दुवै जनाले हारगुहार गरिरहेको उनीहरूले सिधाकुरालाई बताए । तर, तत्कालीन जर्मनीस्थित नेपाली दूतावासले कुनै पहल गरेन । नेपालका लागि जर्मनीबाट युक्रेन मामला हेर्ने दूतावासमा उद्धारका लागि आग्रह गर्दा उल्टै किन आएको भन्दै थर्काएको स्याङ्बोशेर बताउँछन् । 

युक्रेनबाट उद्धारका लागि दूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाउँदा पनि आफूहरुप्रति कुनै चासो नदेखाएपछि उनीहरु मिडियामार्फत उद्धार अपिलका लागि लागेका थिए । उनीहरूले कुनैपनि बाटो भएर प्रलोभनमा परेर युक्रेन नजान पनि सबैलाई अपिल गरेका छन् ।  



कसरी भयो उद्धार      

नेपाली दूतावास वर्लिनका नियोग उपप्रमुख शागर फुँयालकाअनुसार उनीहरुको नेपाल फर्किने टिकट निश्चित भएपछि युक्रेनी सेनाले दुबै जनालाई युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलरको रोहवरमा मोल्दोभा सीमामा लगेर छोडिदिएका थिए । त्यसपछि उनीहरु मोल्दोभाबाट बिहीबार दिउँसो १५ः२० बजेको टर्किस् एयरलाइन्समार्फत नेपालतर्फ लागेका हुन् । फुर्वाकाअनुसार गैरआवासीय नेपाली सङ्घले टिकट निश्चित गरिदिएपछि घर फर्कने बाटो बनेको हो । उनीहरूले नेपाल फिर्ता प्रयास गर्ने सबैलाई धन्यवाद समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...