नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

७ भदौ, काठमाडौं ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिधाकुराले अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी र ६० किलो सुन प्रकरणका नाइके भनिएका दावाछिरिङ लामाको वी–च्याट संवाद स–प्रमाण प्रकाशन गरेको थियो । ६० किलो सुन प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Ncell
Extreme Energy

हालसम्म सुन तस्करीको मुख्य नाइके भनिएका दावा सीआईबीकै नियन्त्रणमा छन् । सोही दावासँगको सुन प्रकरणसँग प्रत्यक्ष जोडिएको संवाद हामिले प्रस्तुत गरेपछि उनी स्वतः सीआईबीको अनुसन्धानको घेरामा आउनुपर्थो । तर त्यसो नभएर उनी मन्त्रालय तानिए ।

उनको जिम्मेवारी खोसेर मन्त्रालय तानिँदा उनलाई प्रहरीको अनुसन्धानबाट जोगाउने खेल सुरु भएको आशंका बढ्न थालेको छ । सोही विषयमा हामीले गृहमन्त्री नारयाणकाजी श्रेष्ठलाई सीआईबीको नियन्त्रणमा हुनुपर्ने व्यक्तिलाई मन्त्रालय तान्नुको कारणबारे सोधेका छौँ । प्रस्तुत छ, उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग गरिएको संवाद ।  


अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र सुन प्रकरणका नाइके भनिएका दावा छिरिङको संवादबारे यसअघि तपाईंलाई थाहा थियो ?

उनिहरुको संवादका बारेमा मलाई औपचारि करुपमा जानकारी आएको थिएन । सिधाकुरामा समाचार प्रकाशित भएपछि थाहा पाएँ । त्यसपछि मैले सीआईबीलाई जानकारी मागेर थप अनुसन्धान गर्न भनेको छु । 

तपाईं मातहतको विभागका महानिर्देशक अधिकारीकै सम्पर्क दावासँग भएको देखिएपछि, मन्त्रीका रुपमा महानिर्देशकलाई के सोधपुछ गर्नुभयो ?

मैले गरेको छैन । व्यक्तिगतरुपमा मैले कुरा गर्दा भलाकुसारी जस्तो हुन्छ । यो प्रकरण अब भलाकुसारी गर्ने विषय रहेन । सीआईबीले अनुसन्धानमा पेश नगरिसकेको अवस्थामा सिधाकुराले तपाईंहरुले गरेपछि हामीले गम्भिर ठानेर मन्त्रालयमा तानेका हौँ । अब सीआईबीले पनि गम्भिर रुपमा लिएर अनुसन्धान अघि बढाओस् । तथ्य प्रमाणका आधारमा कारबाही गरोस् । 

तपाईंको व्यक्तिगतरुपमा पनि सम्बन्ध छ क्यारे ! व्यक्तिगत रुपमा कुराकानी भएको छैन ?

मैले सोधिसक्या छैन, मैले गृह मन्त्रालय फिर्ता बोलाइसकेँ । अब सीआईबीले सीरीययस्ली टेक अप गर्नुपर्छ । 


अनि सुन प्रकरणमा दावासँग कनेक्सन देखिएका कर्मचारीलाई सिआइबी पठाउने हो कि, गृह मन्त्रालय बोलाउने त ?

सीआईबीले अनुसन्धान गरेर यो आरोपित हो, अनुसन्धानको पात्र हो भने अब लैजाने हो । हामीले पठाउने होइन । हामीले त यस्तो आएको छ, यसलाई गम्भिर रुपमा लिऔँ, हामीले जिम्मेवारीबाट मुक्त गरायौँ गम्भिरतापुर्वक अनुसन्धान गर भनेर सीआईबीलाई निर्देशन दिसकेका छौँ । 

सुन प्रकरणमा अहिलेसम्म भइरहेको अनुसन्धान सन्तोषजनक छ ? 

सुन प्रकरणको अनुसन्धान सीआईबीले गम्भिरतापुर्वक गरिरहेको छ, यो प्रकरणका सारा नेक्ससको जरोसम्म पुग्नेगरी काम गरेको छ भन्नेमा म विश्वस्त छु । मेरो स्पष्ट निर्देशन  शंकास्पद देखिने तथा दोषीलाई पहिचान गरी कानूनी बाटोमा ल्याउनुपर्छ भन्ने छ । 

भनेपछि "झलकरामलाई पनि पक्राउ गर्नु पर्यो" भन्यो भने सीआईबीलाई तपाईंहरुको दबाब रहन्न ?

गृहमन्त्री : समस्यानै छैन, सीआईबीले झलकरामलाई मात्रै होइन जोकोहीलाई पनि अनुसन्धान गर्नुपर्ने देखियो भन्यो भने हामीले राजनीतिक हस्तक्षेप गर्दैनौँ । 

 'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस् 

  1. सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
  2. सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
  3. Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?
  4. सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए
  5. सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?
  6. गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...