नेभिगेशन
सबै कुरा

धुलिखेल–खावा सडकमा तीन वर्षदेखि सास्ती भोग्दै यात्रु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो । 

वर्षायाममा मालबाहक तथा यात्रुबाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएका छन् । पुनःनिर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन् । 

City Express

उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौता अनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको छ । यसले निर्माण कहिले पुनःसञ्चालन हुन्छ भन्ने अन्योलता बढेको स्थानीय बताउँछन् ।  

जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । कम्पनीले विसं २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७९ जेठ २० मा रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । 

पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्ध गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो । 

सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । अब प्रक्रिया पु¥याएर केही हप्तामा पुनःठेक्का खोल्ने तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए । 

उनका अनुसार भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत गरी पुनः ठेक्का लगाइनेछ । हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । 

हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा ‘कटिङ’को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ‘ड्रेनवाल’ लगाउने काम गरिएको छ । “जिपलाइनबाट तल खावासम्मको भत्काइएको सडकमध्ये करिब एक किलोमिटर भागमा कटिङको काम गर्न बाँकी छ”, उनले भने ।

गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडक जाममा परेको बताए । “उक्त खण्ड निर्माण यथाशीघ्र सम्पन्न नभए यो बाटो भएर वर्षायामामा यात्रा गर्न थप सास्ती हुनेछ”, उनले भने । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीसाधनलाई उक्त खण्ड पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ । 

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...
कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको...
अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन...
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना...