नेभिगेशन
सबै कुरा

बबरमहलको फुटपाथः पैदलमार्ग कि पासो ? (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ  काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ। 


City Express

पैदलयात्रीलाई सहज बनाउन सुरू गरिएको सो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू  झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्। सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ। सो फुटपाथको बिच बिचमा खाल्डो खनेर अलपत्र छोडिएको छ । जसका कारण रातिको समयमा यात्रा गर्नेहरु सो खाडलमा फस्ने जोखिम उच्च छ भने उज्यालाेमा समेत यो बाटो भएर हिँड्ने यात्रुले सडकमा हिँड्नुको विकल्प छैन । 


बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ, जहाँ नीति निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ। तर सोही सिंहदरबार जान प्रयोग हुने फुटपाथ प्रयोग गर्नै गाह्रो छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन्, जसले जोखिम झन् बढाएको छ।  

बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ, जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ। तर, आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण होइन र ? यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेशाकर्मीहरू पनि सास्ती खेपिरहेका छन्।  


नेपाल विद्युत प्राधिकरणले बबरमहल क्षेत्रमा भूमिगत तार बिछ्याउने काम गरिरहेको छ। यो काम अत्यावश्यक भए पनि निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ। जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ। 

 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...
कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको...
अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन...
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना...