नेभिगेशन
सबै कुरा

बबरमहलको फुटपाथः पैदलमार्ग कि पासो ? (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ  काठमाडौँको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पैदलयात्रीलाई सहज बनाउन सुरू गरिएको सो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू  झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्। सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ। सो फुटपाथको बिच बिचमा खाल्डो खनेर अलपत्र छोडिएको छ । जसका कारण रातिको समयमा यात्रा गर्नेहरु सो खाडलमा फस्ने जोखिम उच्च छ भने उज्यालाेमा समेत यो बाटो भएर हिँड्ने यात्रुले सडकमा हिँड्नुको विकल्प छैन । 


बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ, जहाँ नीति निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ। तर सोही सिंहदरबार जान प्रयोग हुने फुटपाथ प्रयोग गर्नै गाह्रो छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन्, जसले जोखिम झन् बढाएको छ।  

बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ, जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ। तर, आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण होइन र ? यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेशाकर्मीहरू पनि सास्ती खेपिरहेका छन्।  


नेपाल विद्युत प्राधिकरणले बबरमहल क्षेत्रमा भूमिगत तार बिछ्याउने काम गरिरहेको छ। यो काम अत्यावश्यक भए पनि निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ। जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ। 

 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा अचानक एउटा बसमा आगलागी भएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

आगामी असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।

भर्खरै