नेभिगेशन
सबै कुरा

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ ।

पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो ।

योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ । 

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष  १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 


म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि...
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त...
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव...
गुल्मीमा बिहीबारदेखि  सातामा चार पटक हवाई उडान सुरु

गुल्मीमा बिहीबारदेखि सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा...

भर्खरै