नेभिगेशन
सबै कुरा

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो ।

Ncell
Extreme Energy

योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ । 

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष  १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 


म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा अचानक एउटा बसमा आगलागी भएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

आगामी असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।