नेभिगेशन
सबै कुरा

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौँ । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । 

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए। यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ । 

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि...
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त...
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव...
गुल्मीमा बिहीबारदेखि  सातामा चार पटक हवाई उडान सुरु

गुल्मीमा बिहीबारदेखि सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा...

भर्खरै