नेभिगेशन
सबै कुरा

स्वास्थ्य अवस्था स्थिर रहेको गृहमन्त्री श्रेष्ठलाई के भएको हो ? अस्पतालले जारी गर्यो मेडिकल सर्टिफिकेट

उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले मेडिकल सर्टिफिकेट जारी गरेको छ ।

अस्पतालका अनुसार श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फाक्र्सन भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।

City Express

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिसु देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  स्टेन्ट राखिएको समेत अस्पतालले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।


तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...