नेभिगेशन
सबै कुरा

बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

बेनी  : बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उनले भने, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाएँ ।” 

Ncell
Extreme Energy

 बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग परे । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानु परेन”, उनले भने, “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नु पनि परेन ।”

बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरङ्ग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरङ्गको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरङ्ग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताए । “एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरङ्ग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ”, उनले भने, “दैनिक ६० जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ ।”

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।  

“समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरङ्ग कक्ष चलाउन थालेका हौँ”, उनले भने, “अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।”

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन । अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ । 

हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोकसेवा आयोजबाट केही दिनमै प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ । सेवा विस्तारको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताइन्।  

“सीमित जनशक्ति र पूर्वाधारका बीच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ”, उनले भनिन्, “दरबन्दीअनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै सुरु गर्छौं । अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गछौँ।”

मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलोपटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताए । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौती रहेको बताए ।  

विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन् । 

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको...
अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाई अनिवार्य...
पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

ओलीको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी   डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया निकाल्दै छन् ।