नेभिगेशन
समाज

खाना पकाउन दाउराकै भर (तस्विरहरु)

काठमाडाैँ । देशका आधाभन्दा बढी जनसंख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ र दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।


अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ ।
२०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।
भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ।

daura-98-1742015664.jpg

८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुँइठा आदि प्रयोग हुने गरेको छ।भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ। यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसंख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ ।

City Express

daura-1742015664.jpg
 

आई.डि.ए. नामको संस्थाले गरेको एक सर्वेक्षण अनुसार सन् २०२२ मा ग्रामीण क्षेत्रमा करिब ८० प्रतिशत र सहरी क्षेत्रमा ४४.६ प्रतिशत घरमा खाना पकाउन परम्परागत ऊर्जाको स्रोत दाउरा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

खाना पकाउन आधुनिक ऊर्जाको स्रोत एल.पी. ग्यासको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत घरमा र ग्रामीण क्षेत्रका ५७.३ प्रतिशत घरमा खाना प्रयोग हुँदै आएको छ।

daura-8-1742015663.jpg
 

ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुँइठा प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ। खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ ।

daura-87-1742015663.jpg

अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो।  घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको थियो। भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ। 

daura-5-1742015662.jpg
daura-6-1742015662.jpg
daura-3-1742015661.jpg
daura-4-1742015661.jpg
daura-1-1742015659.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।