नेभिगेशन
मुख्य समाचार

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

काठमाडौँ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग खुइलिन लागेसंगै पर्खाल र भित्तामा लेउ लाग्न थालेको छ । जसले रानीमहलको आकर्षणलाई समेत धूमिल पार्दै लगिरहेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व संकलन गरेको छ । तर सरसफाइमा समेत चाँसो नदिएको पाइएको हो । घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् । २०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ । वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । वि.सं. १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्मांण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रुपमा चिनिन्छ ।तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दलबार निर्माण गरेका हुन् ।

ranimahal8-1762323005.jpg

CG

ranimahal9-1762323005.jpg

ranimahal10-1762323005.jpg

ranimahal4-1762323004.jpg

ranimahal3-1762323004.jpg

ranimahal1-1762323003.jpg

ranimahal2-1762323003.jpg

ranimahal0-1762323002.jpg

ranimaha_sidhakura-1762323002.jpg

ranimahal6-1762323004.jpg

ranimahal5-1762323004.jpg

ranimahal7-1762323005.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।