नेभिगेशन
समाज

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

काठमाडौँ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग खुइलिन लागेसंगै पर्खाल र भित्तामा लेउ लाग्न थालेको छ । जसले रानीमहलको आकर्षणलाई समेत धूमिल पार्दै लगिरहेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व संकलन गरेको छ । तर सरसफाइमा समेत चाँसो नदिएको पाइएको हो । घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् । २०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ । वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । वि.सं. १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्मांण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रुपमा चिनिन्छ ।तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दलबार निर्माण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ranimahal8-1762323005.jpg

Ncell
Extreme Energy

ranimahal9-1762323005.jpg

ranimahal10-1762323005.jpg

ranimahal4-1762323004.jpg

ranimahal3-1762323004.jpg

ranimahal1-1762323003.jpg

ranimahal2-1762323003.jpg

ranimahal0-1762323002.jpg

ranimaha_sidhakura-1762323002.jpg

ranimahal6-1762323004.jpg

ranimahal5-1762323004.jpg

ranimahal7-1762323005.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने...
इन्धन मूल्यवृद्धिका कारण मारमा परेको भन्दै निर्माण व्यवसायी विरोधमा(तस्बिरहरु)

इन्धन मूल्यवृद्धिका कारण मारमा परेको भन्दै निर्माण व्यवसायी विरोधमा(तस्बिरहरु)

अत्यधिक रूपले इन्धन लगायतका निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिका कारण सम्पूर्ण आयोजनाहरू स्वतः बन्द भएको अवस्थामा सो मूल्यवृदिलाई नेपाल सरकारबाट सम्बोधन नभएको विरोधमा बिहीबार एशोसिएट सदस्य समन्वय समिति र...