नेभिगेशन
समाज

केबलकार निर्माण विवादबारे छलफल गर्न गृहमन्त्रालयले बोलायो ताप्लेजुङका स्थानीय प्रतिनिधि

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण विवाद समाधान गर्न गृह मन्त्रालयले जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई वार्तामा बोलाएको छ । मन्त्रालयले केबलकार निर्माणका क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग छलफल गर्न बोलाएको हो । 


गृह मन्त्रालयद्वारा गठित वार्ता टोली संयोजक प्रेम प्रसाद भट्टराईले पत्राचार गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा छलफल गर्न वार्तामा बोलाइएको जनाएका छन् । 

City Express


‘ ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु’ पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन ।
जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

आइतबार आयोगको टोलीले नख्खु कारागार अनुगमन गरेको थियो । सो क्रममा पनि आयोगका पदाधीकारीसँग रविको कुराकानी भएको थियो। सोही  दिन स्थलगत निरिक्षणपछि आयोगले नख्खुका जेलर सत्यराज जोशीसँग बयान...
पार्टी छोड्दैं झाँक्रीले भनिन्, ‘भयानकै चल्छ भनेको अभियान समाप्त भयो’

पार्टी छोड्दैं झाँक्रीले भनिन्, ‘भयानकै चल्छ भनेको अभियान समाप्त भयो’

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसंग एकता गरेसंगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन ।