नेभिगेशन
समाज

केबलकार निर्माण विवादबारे छलफल गर्न गृहमन्त्रालयले बोलायो ताप्लेजुङका स्थानीय प्रतिनिधि

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण विवाद समाधान गर्न गृह मन्त्रालयले जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई वार्तामा बोलाएको छ । मन्त्रालयले केबलकार निर्माणका क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग छलफल गर्न बोलाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


गृह मन्त्रालयद्वारा गठित वार्ता टोली संयोजक प्रेम प्रसाद भट्टराईले पत्राचार गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा छलफल गर्न वार्तामा बोलाइएको जनाएका छन् । 

Ncell
Extreme Energy


‘ ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु’ पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

प्रतिनिधि बन्न कांग्रेसका नेताहरू आ–आफ्नो वडामा

कांग्रेसले यसपालि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाएको छ । केन्द्रीय समितिका सभापति, पदाधिकारी र सदस्यसहित सबै तहका नेताहरु तल्लो तहबाटै छानिँदै महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ ।
अबको केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउँछः ओली

अबको केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउँछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बस्ने केन्द्रीय समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउने बताएका छन् ।