नेभिगेशन
समाज

तस्विरमा थानकोट–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर 

 काठमाडौँ । संघीय राजधानी काठमाडौँ जोड्ने नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौँ भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि सहज हुने भएको छ । 

लामो समयसम्म नागढुङ्गा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न कै लागि सुरुङ मार्गको निर्माण गरिएको हो । सो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसकेपनि सो क्षेत्रका स्थानीयहरुले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेका छन् । 
   
सो आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

City Express

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानिय अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्तिक पूर्णिमाका दिन कमला नदीमा  स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज,...
प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...