नेभिगेशन
समाज

आगामी आर्थिक वर्षहरुमा संचालन हुने आयोजना संकलन गर्दै उदयपुरका जनप्रतिनिधि 

उदयपुर । उदयपुरको कटारीमा शनिबार क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षहरुमा संञ्चालन गर्ने आयोजनाहरु संकलन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयहरुको सहकार्यमा आयोजनाहरुलाई पनि  बैंकमा जम्मा गरेका हुन्  । स्थानीय तहका पदाधिकारीहरु , सरोकारवालाहरुलाई कटारीमा आयोजना बैंकको बारेमा अभिमुखिकरण दिदै र वार्षिक योजना तर्जुमा गोष्ठी मार्फत आयोजनाहरु जम्मा गरिएको हो । 

Ncell
Extreme Energy

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैंक मार्फत  आयोजनाहरु संकलन गरिरहेको बताए  । थुलुङ्गका अनुसार उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा यस अघि नै आयोजनाहरु जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजनाहरु संकलन गरिंदैछ । अहिले जम्मा गरिएको आयोजनाहरु आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा जाने उपसचिव कृष्णकुमार न्यौपानेले बताए । 

aayojana-sankalan-udayapur-1-1742646348.jpg
 

न्यौपानेका अनुसार यो बैंकमा प्रदेशले संञ्चालन गर्ने आयोजनाहरु जम्मा हुन्छन् । उक्त आयोजनाहरु पचास लाख माथिको हुनुपर्नेछ । आगामी आर्थिक वर्षहरुमा आयोजना बैंकमा भएका आयोजनाहरुलाई प्राथमिकीकरणमा राखेर मात्रै आयोजना संञ्चालन हुनेछ । प्रदेशस्तरका आयोजनाको पहिचानको आधार र प्रदेशस्तरीय आयोजनाको पहिचान गर्न ,प्रदेशस्तरीय आयोजना संचालनमा प्रदेशको नीति सम्बन्धी जानकारी गराउने कार्यान्वनयोग्य र प्राथमिकता प्राप्त प्रदेशस्तरीय आयोजना प्राप्त गर्न यो गोष्ठी महत्वपूर्ण रहेको योजना आयोग सदस्य राईले बताए।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु , स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुको सामूहिक छलफलबाट आयोजनाहरु जम्मा गरिएको थियो । राम्रो योजना वनाउन सके मुलुकको विकास हुने भन्दै प्रदेश सभा सदस्य तथा पूर्व कृषि , सहकारी तथा उद्योग मन्त्री रामकुमार खत्रीले अल्पसंख्यक , हेपिएका , पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना बनाउनुपर्ने र प्रदेश सरकारले २५  लाख माथिको योजना बनाउनु पर्ने बताए । 

त्यसैगरी प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले योजनाहरु लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजान  महत्वपूर्ण काम रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सम्झना तामाङले अहिले माग गरेको योजना सबै पर्छ भन्ने होइन तर पाइप लाइनमा रहने बताईन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।