नेभिगेशन
समाज

आगामी आर्थिक वर्षहरुमा संचालन हुने आयोजना संकलन गर्दै उदयपुरका जनप्रतिनिधि 

उदयपुर । उदयपुरको कटारीमा शनिबार क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षहरुमा संञ्चालन गर्ने आयोजनाहरु संकलन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयहरुको सहकार्यमा आयोजनाहरुलाई पनि  बैंकमा जम्मा गरेका हुन्  । स्थानीय तहका पदाधिकारीहरु , सरोकारवालाहरुलाई कटारीमा आयोजना बैंकको बारेमा अभिमुखिकरण दिदै र वार्षिक योजना तर्जुमा गोष्ठी मार्फत आयोजनाहरु जम्मा गरिएको हो । 

Extreme Energy

आयोगका सदस्य किशोर थुलुङ्ग राईले पहिलो पटक आयोजना बैंक मार्फत  आयोजनाहरु संकलन गरिरहेको बताए  । थुलुङ्गका अनुसार उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा यस अघि नै आयोजनाहरु जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजनाहरु संकलन गरिंदैछ । अहिले जम्मा गरिएको आयोजनाहरु आगामी आर्थिक वर्ष २०८२/८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यन्वयनमा जाने उपसचिव कृष्णकुमार न्यौपानेले बताए । 

aayojana-sankalan-udayapur-1-1742646348.jpg
 

न्यौपानेका अनुसार यो बैंकमा प्रदेशले संञ्चालन गर्ने आयोजनाहरु जम्मा हुन्छन् । उक्त आयोजनाहरु पचास लाख माथिको हुनुपर्नेछ । आगामी आर्थिक वर्षहरुमा आयोजना बैंकमा भएका आयोजनाहरुलाई प्राथमिकीकरणमा राखेर मात्रै आयोजना संञ्चालन हुनेछ । प्रदेशस्तरका आयोजनाको पहिचानको आधार र प्रदेशस्तरीय आयोजनाको पहिचान गर्न ,प्रदेशस्तरीय आयोजना संचालनमा प्रदेशको नीति सम्बन्धी जानकारी गराउने कार्यान्वनयोग्य र प्राथमिकता प्राप्त प्रदेशस्तरीय आयोजना प्राप्त गर्न यो गोष्ठी महत्वपूर्ण रहेको योजना आयोग सदस्य राईले बताए।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु , स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुको सामूहिक छलफलबाट आयोजनाहरु जम्मा गरिएको थियो । राम्रो योजना वनाउन सके मुलुकको विकास हुने भन्दै प्रदेश सभा सदस्य तथा पूर्व कृषि , सहकारी तथा उद्योग मन्त्री रामकुमार खत्रीले अल्पसंख्यक , हेपिएका , पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना बनाउनुपर्ने र प्रदेश सरकारले २५  लाख माथिको योजना बनाउनु पर्ने बताए । 

त्यसैगरी प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले योजनाहरु लिपिवद्ध गर्दै कार्यन्वयनमा लैजान  महत्वपूर्ण काम रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सम्झना तामाङले अहिले माग गरेको योजना सबै पर्छ भन्ने होइन तर पाइप लाइनमा रहने बताईन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...