नेभिगेशन
समाज

करिब १० वर्षदेखि पुनःनिर्माण पर्खिरहेको सुन्धारा (तस्विरहरु)

काठमाडौँ । करिब ४ सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहर जस्तै बनेको छ । धरहरा पुननिर्माणको काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुननिर्माणको काम पाएको भएपनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय अभियन्ता र बासिन्दाहरूले विरोध गरेका थिए । सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने र नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण सुरु गरेको भएपनि सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको थियो । 

Ncell
Extreme Energy

२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो । पर्खाल र भुइँमा बिछ्याएका ढुंगा भूकम्पले चर्किएका थिए । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्नेगरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ ।

उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुन्धारा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यहाँ एकै ठाउँमा पाँचवटा सुनका धारा थिए । तर, अहिले तीनवटा मात्रै सुनका धारा छन् । करिब २० वर्षअघि चोरिएका दुईवटा सुन्धारा अझै भेटिएका छैनन् । 

Sundhara-1742724788.jpg

Sundhara-2-1742724787.jpg

Sundhara-1-1742724787.jpg

Sundhara-4-1742724786.jpg

Sundhara-3-1742724786.jpg

Sundhara-5-1742724785.jpg

Sundhara-7-1742724783.jpg

Sundhara-6-1742724784.jpg

Sundhara-10-1742724783.jpg

Sundhara-9-1742724783.jpg

Sundhara-8-1742724783.jpg

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै