नेभिगेशन
समाज

संसदीय समितिमा विवाह गर्ने उमेरबारे बहस, २० वर्षबाट घटाएर १८ बनाउन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको आजको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको उल्लेख गर्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए । 

Ncell
Extreme Energy

समितिका सदस्य नागिना यादवले कानुनले विवाहको उमेर २० वर्ष भने पनि सामाजमा व्यावहारिक अभ्यासका रुपमा कतिपयको त्यसअघि भइरहेको बताइन् । उनले भनिन्, “उमेरमा विवाह गर्न पाउनुपर्ने स्वतन्त्रता र अधिकार हो । हालको उमेरको हद अव्यावहारिक भयो, यो व्यावहारिक हुनुपर्छ । नागरिकताको प्रमाणपत्र प्राप्ति १६ वर्षमा, प्रहरीजस्तो जोखिम व्यहोर्नुपर्ने सङ्गठनमा भर्ना १८ वर्षमा हुन्छ भने विवाह किन हुन्न । विवाहको उमेर १८ वर्ष गरिनै पर्छ ।”

विवाहसम्बन्धी उमेर घटाइनुपर्छ भन्ने कुनै सांसद र संसद्को माग नभई समाजबाट उठाइएको विषय भएको उल्लेख गर्दै सदस्य यादवले भनिन्, “१८ वर्ष पुगेका युवायुवतीबीचको प्रेम सम्बन्धबाट जन्मिएका सन्तानको जन्मदर्तालगायतमा समस्या परिरहेको छ, यसैकारण ठूलै सङ्ख्या युवा जेलमा पुगिरहेका छन् । अन्तरराष्ट्रिय अभ्यास पनि १८ वर्ष नै देखिन्छ । ” 

अर्का सदस्य रञ्जुकुमारी झाले देश विकासमा लाग्नुपर्ने युवाको ठूलो सङ्ख्या लागुऔषध र जबर्जस्तीकरणीको मुद्दामा कारागारमा रहेको अनुगमनबाट देखिएको जानकारी दिइन् । उनले भनिन् , “विवाहसम्बन्धी २० वर्षे यो प्रावधान व्यावहारिक र समाजमैत्री हुनुपर्छ । यस विषयमा गहन र खुला छलफल गरी कानुन बनाउनुपर्छ । यो समिति र सांसदको भनाइ नभई समाजको आवाज हो ।”

समितिका सदस्य ध्रुवबहादुर प्रधानले सजाय दिएर वा सुधार केन्द्रमा राखेर मात्र कतिपय समस्या समाधान हुन नसक्ने तर्क प्रस्तुत गर्दै विवाहको उमेरसम्बन्धी जोडिएर आएको प्रश्नबारे पुनःविचार गर्नुपर्ने बताए । 

अर्का सदस्य सुशीला थिङले युवाहरु जेल जानमा विवाह हो कि कानुन दोषी हो भनी प्रश्न गर्दै कानुनमा व्यवस्था भए पनि त्यस्तो विवाहपछि जन्मिएका सन्तान जन्मदर्ता गर्नबाट बञ्चित हुन परिरहेको घटना सुनाइन् । 

सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन १८ वर्षको उमेरलाई आधार मानिएपछि विवाहका लागि २० वर्ष कायम गर्न आवश्यक नरहेको तर्क गरे । 

सांसद पूर्णबहादुर घर्तीले विवाहसम्बन्धी हालको प्रावधान नेपाली समाज, शिक्षाको अवस्था र समाजलाई बुझ्न नसकेको परिस्थितिबाट आएको हुनुपर्ने अनुमान गरे । 
 
सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, जबर्जस्तीकरणी र शरीर बन्दजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताए । 

सांसदहरुले उठाएको प्रश्नको जवाफमा बैठकमा गृहमन्त्री रमेश लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रवधान सुधार गरी जान सकिने बताएका छन् । 

उनले भने, “यो विषय अत्यन्त गम्भीरताकासाथ सोच्न आवश्यक छ । यसको रोमियो एण्ड जुलियट विचारधारा पनि छ । उमेर घटनाउने कि रोमियो अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने कोणबाट छलफल गर्न सकिन्छ । यसमा छलफलका लागि सरकार खुला छ ।”

कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र त्यसको उल्लङ्घन गरेको गरिने दण्डसजायसम्बन्धी नयाँ प्रावधान समेटिएको केही समयभित्र संसद्मा विधेयक प्रस्तुत हुने जानकारी दिए । 

उनले भने, “विवाहको उमेरका सम्बन्धमा विभिन्न भनाइ आएका छन्, हालको व्यवस्था प्रजनन अधिकार र मातृस्वास्थ्यसँग जोडिएको छ । सरकार विभिन्न कोणबाट उठेको सबै आवाजकाबारे छलफल गर्न तयार छ ।”

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले  मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन र थुनामा रहेका नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ...
दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।
वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरुले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय...