नेभिगेशन
समाज

वडाध्यक्ष कुटपिट प्रकरणः भुसाल चौरसिया पक्राउ

काठमाडौँ । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई मंगलबार पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले चौरसियालाई घर नजिकैबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले सिधाकुरालाई बताए । उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

वडाध्यक्ष चतुर्वेदीमाथि कुटपिट प्रकरणमा गत १० गते प्रहरीले ७ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । वडाध्यक्षको ज्यान मार्ने उद्योगको जाहेरीपश्चात प्रहरीले आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंधका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी लिएको थियो । जसमध्ये चौरसिया पक्राउ परेका छन् भने अन्य अझै फरार छन् । उनीहरूको खोजी तिव्र रहेको प्रहरीले जनाएको छ । 

आरोपित ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सिधाकुराले सार्वजनिक गरेको थियो । 

सिसिटिभीमा वडा अध्यक्ष चतुर्वेदीमाथि मरुणासन्न हुनेगरि कुटपिट गरेको देखिएको थियो । 

सो घटनाबारे सुरुमा उजुरी लिन नमानेको पर्सा प्रहरीले सिधाकुरामा समाचार प्रकाशन प्रसारण भएपछि भने वडाध्यक्ष चतुर्वेदीलाई आफैँ बोलाएर उजुरी दर्ता गराएको थियो ।

सम्बन्धित समाचार :

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरा प्रभावः वडाध्यक्ष कुट्ने प्रहरी, पत्रकार, वडाध्यक्ष लगायत ७ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

‘साहसिक प्रहरी’ बाट पुरस्कृत प्रहरीले नै रक्सी पिएर कुटे वडाध्यक्ष

वडाध्यक्ष कुटपिट प्रकरणः प्रहरी, पत्रकार र वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...

भर्खरै