नेभिगेशन
समाज
मन्त्रीपरिषदका निर्णय :

हिजो हैन भन्ने सञ्चारमन्त्रीले आज सार्वजनिक गरे कुलमान हटाउने निर्णय

काठमाडौँ । सुचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले झुट बोलेका छन् । मन्त्री गुरुङले सोमबारको मन्त्रीपरिषद बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय भएको छैन भन्दै सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । तर मंगलबार सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सुनाउँदै उनले सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Extreme Energy

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भएको छ ।’

त्यस्तै उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय भएको समेत बताए । 

सञ्चारमन्त्री गुरुङले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको भन्दै अहिलेको आवश्यकताका आधारमा निर्णय गरिएको बताए । उनले सरकारले गरेको निर्णयमा असहमति जनाउने अधिकार रहेको लोकतन्त्रमा विरोध हुनु स्वभाविक रहेको उल्लेख गरे । सरकारले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएका कारण कुलमानलाई हटाइएको उनले बताए । 

बैठकले संक्रमणकालीन न्यायसंगसम्बन्धी अयाोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सवोच्चका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले बताए । 

मन्त्रिपरिषद्ले चैत्र १९ देखि २३ गते सम्म थाइल्याण्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ भने राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्न उपप्रधान एवं अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्य सिफरिस समिति गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता गुरुङले बताए । 

त्यस्तै बैठकले विधुतीय कारोवार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगाएतका २७ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै