नेभिगेशन
समाज
मन्त्रीपरिषदका निर्णय :

हिजो हैन भन्ने सञ्चारमन्त्रीले आज सार्वजनिक गरे कुलमान हटाउने निर्णय

काठमाडौँ । सुचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले झुट बोलेका छन् । मन्त्री गुरुङले सोमबारको मन्त्रीपरिषद बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय भएको छैन भन्दै सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । तर मंगलबार सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सुनाउँदै उनले सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भएको छ ।’

त्यस्तै उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय भएको समेत बताए । 

सञ्चारमन्त्री गुरुङले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको भन्दै अहिलेको आवश्यकताका आधारमा निर्णय गरिएको बताए । उनले सरकारले गरेको निर्णयमा असहमति जनाउने अधिकार रहेको लोकतन्त्रमा विरोध हुनु स्वभाविक रहेको उल्लेख गरे । सरकारले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएका कारण कुलमानलाई हटाइएको उनले बताए । 

बैठकले संक्रमणकालीन न्यायसंगसम्बन्धी अयाोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सवोच्चका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले बताए । 

मन्त्रिपरिषद्ले चैत्र १९ देखि २३ गते सम्म थाइल्याण्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ भने राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्न उपप्रधान एवं अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्य सिफरिस समिति गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता गुरुङले बताए । 

त्यस्तै बैठकले विधुतीय कारोवार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगाएतका २७ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

प्रधानमन्त्री बालेन शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।