नेभिगेशन
समाज

अमेरिकामा ट्रम्पले बढाए विदेशबाट आयात हुने कारमा २५ प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने कार तथा यसका पाट्र्समा लाग्ने करको दर थप २५ प्रतिशत बढाएको घोषणा गरेका छन् । यसको कार्यान्वयन भने अप्रिल ३ बाट हुनेछ ।


यो निर्णयसँगै अमेरिकामा विदेशी कारहरु महँगा हुने द न्यूयोर्क टाइम्सले लेखेका छ । यसले फोर्ड मोटर्स, जनरल मोटर्सजस्ता अमेरिका बाहिर उत्पादन प्लान्ट रहेका कम्पनीलगायत विदेशी ब्रान्डका कारलाई असर गर्नेछ ।

CG

यी कम्पनीहरुको उत्पादन प्लान्ट क्यानाड तथा मेक्सिकोलगायत देशमा छन् । यस्तै विदेशमा तयारी ट्रकमा समेत थप २५ प्रतिशत कर लाग्ने बताइएको छ । 

ट्रम्पको यो निर्णयको उद्देश्य अमेरिकाभन्दा बाहिर रहेका अमेरिकी कार कम्पनीहरूको उत्पादन प्लान्टहरूलाई देशभित्र फिर्ता ल्याउनु रहेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बिएनपीकी अध्यक्ष खालिदाको निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बिएनपीकी अध्यक्ष खालिदाको निधन

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको...
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।
थाइल्यान्ड–कम्बोडिया सीमा विवादः चीनको मध्यस्थता प्रयास

थाइल्यान्ड–कम्बोडिया सीमा विवादः चीनको मध्यस्थता प्रयास

बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ ।
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गरे...