नेभिगेशन
समाज

उद्योगमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक संघले  दियो प्राधिकरण र सरकारलाई धन्यवाद !

काठमाडौँ । नेपाल धागो उत्पादक संघले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेकामा उत्साहित भएको बताएको छ । संघका अध्यक्ष पवन कुमार गोल्यानले विज्ञप्ती जारी गर्दै केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि  प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक, उर्जामन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीसमेतलाई धन्यवाद दिएका हुन् । 

विज्ञप्तीमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्यको अग्रणि धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै गम्भीर असर परेको परेको उल्लेख छ । तर पछिल्ला केही दिनयता निरन्तर विद्युत् आपूर्ति हुनुले सकारात्मक संकेत देखिएको उल्लेख छ । 

CG

‘घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवद्र्धनमा असर परिरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकज्यू, उर्जामन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीज्यूमा संघको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।’ 

संघमा आवद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको छ । वि.सं.२०५३ मा संघको स्थापना भएयता वार्षिक रुपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात गरिरहेको यस उद्योगले निर्यातमार्फत राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

लोडसेडिङले पारेको समस्या पूर्ण रुपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वास गर्दै संघले समग्र औद्योगिक क्षेत्रको अभिभावकीय जिम्मेवारीमा सरकार खरो उत्रियोस् भन्ने अपेच्छासहित धन्यवाद व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो...
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...