नेभिगेशन
समाज

गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् । उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाई गर्ने बिषयमा प्रहरीका तर्फबाट असहयोग भएको गुनासो गरे । 

Ncell
Extreme Energy

यसैगरि सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए ।  काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गरे । 

उनले स्वचालिक प्रणालीबाटै भाडादर कायम गर्नेमा सरकारात्मक रहेको धारणा राखे । 

छलफलका क्रममा यातायात व्यवसायीहरुले बीपी राजमार्ग, दाउन्ने सडक खण्ड लगाएतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...

भर्खरै