नेभिगेशन
बजार

बुटवल र भैरहवामा नयाँ MG S5 EV सार्वजनिक

काठमाडाैँ । एमजी माेटर्स नेपाल (MG Motors Nepal)ले बहुप्रतीक्षित एमजी एसफाइभ इभि (MG S5 EV)लाई बुटवल र भैरहवामा पनि सार्वजनिक गरेकाे छ । यसलाई कम्पनीले नेपालको विद्युतीय सवारी साधन (EV) बजारमा नयाँ युगको सुरुवात भएकाे जनाएकाे छ । बुटवलमा वरुण मोटर्स प्रा. लि. र भैरहवामा थ्री एच.एल. कम्पनी प्रा. लि. मार्फत उक्त सवारीसाधनको बिक्री सुरु गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

MG ZS EV को उत्तराधिकारीको रूपमा आएको MG S5 EV ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र प्रिमियम विशेषता लिएर विद्युतीय गाडीप्रेमीहरूलाई लक्षित गरेको छ। सार्वजनिक समारोहको अवसरमा, MG Motors Butwal र MG Motors Bhairahawa ले बुटवल र भैरहवा आसपास क्षेत्रमा टेस्ट ड्राइभ र बुकिङ कार्यक्रमहरू सुरु गरेका छन्, जसले ग्राहकहरूलाई विद्युतीय सवारीको अनुभव लिन अवसर दिनेछ।

Ncell
Extreme Energy

MG S5 EV कम्फर्ट र डिलक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । EV प्लेटफर्ममा निर्माण गरिएको यो गाडीमा विश्वकै सबैभन्दा पातलो ब्याट्री प्रयोग गरिएको छ, जसले सन्तुलन र स्थिरता सुधार गर्छ। रियर-व्हील ड्राइभ, फाइभ-लिंक इनडिपेन्डेन्ट सस्पेन्सन, र अत्याधुनिक इन्जिनियरिङले ड्राइभिङ अनुभवलाई अझ सहज बनाएको छ। 

MG S5 EV मा १२.८ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। अगाडि र पछाडि दुबै सिटमा ९९७ मिमि हेडरुम, ४५३ लिटर बुट स्पेस, र ढोका प्यानलमा राख्न मिल्ने स्पेसले यात्रुलाई अधिक आरामदायी बनाउँछ।

MG Motors Nepal ले MG S5 EV दिगो, सुरक्षित र स्मार्ट यातायातको दृष्टिकोण भएकाे बताएकाे छ । यो केवल अर्को EV मात्र नभएर नेपालको EV क्रान्तिमा गेम चेन्जर भएकाे दावी कम्पनीकाे छ । 

सस्टेनेबिलिटीलाई केन्द्रमा राख्दै, MG Motors Nepal ले विद्युतीय गाडीको क्षेत्रमा आफ्नो नेतृत्वलाई निरन्तर अघि बढाइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...