नेभिगेशन
समाज

ढलान गरेकाे २० दिनमै भत्कियो उदयपुरको पुल 

उदयपुर । ढलान गरेको २० दिनमै उदयपुरको सिमानपुरको अमाहा खोलाको पुल भत्किएको छ । जिल्लाको कटारी नगरपालिका–२ सिद्धिचरण लोकमार्गस्थित सीमानपुर र कल्याणपुर जोड्ने अमाहा खहरे खोलाको पुल ढलान गरेको बिस दिनमै भत्किएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिर्चैया–कटारी–घुर्मी सडक आयोजना  कार्यालयमार्फत सुर्या एण्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो। 

Ncell
Extreme Energy

बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस (बक्स अर्डर) पुल २०७९ असार २९ गते सम्झौता भएको थियो। उक्त पुल सहित ४ वटा पुल २०८२ असोज २९ गते सम्पन्न गर्ने गरी सम्झौता भएको हो । २ सय ५० मिटरको ४ वटा पुल सम्पन्न गर्ने गरी भ्याट सहित २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता भएको मिर्चैया –कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोले जानकारी दिए। 

सिमानपुर, ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुलको जिम्मा लिएको सुर्या एण्ड सन्सले सिमानपुरमा बनाउँदै गरेको पुल पुल बनिनसक्दै भत्किएको हो। ढलान गर्दा पुलमा लगाइएका ‘टेका’हरू भासिएका कारण पुल भत्किएको इन्जिनियर महतोले बताए। 

‘चैत ७ मा ढलान गरेको पुलको स्ल्याप ढलान गरेको २० दिन मै स्ल्याप ढलेको हो। बीच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नुपर्ने हुन्छ त्यसपछि मात्र लोड लिन्छ’, इन्जिनियर महतोले भने, ‘पानी आयो टेका आफ्नो स्थानमा रहेन अनि पुल ढल्यो।’ अब अहिलेको पुल हटाएर अर्को पुल बनाउनुपर्ने हुनसक्ने उनले बताए । 

निर्माण पक्षले पानीलाई दोष दिँदै गर्दा उता स्थानीयहरु भने कमलस कच्चा पदार्थ प्रयोग गरिएका कारण पुल भत्किएको भन्दै आक्रोशित छन्। 

सरकारी निकायको लापरवाहीले समस्या आएको कटारी २ का नवराज बास्तोलाले  बताए। ‘कमसल सामान प्रयोग भएका कारण बनिनसक्दै भत्किएकाे हुनुपर्छ । नत्र पानीझरिमै विकास निर्माणका काम हुँदा केही नहुने यो चाहिँ भत्किने कसरी हुन्छ ?’ उनले प्रश्न गरे, ‘समय समयमा स्थानीय तहले सो पुलको अनुगमन गरेको भए आज यो अवस्था नआउन सक्थ्यो ।’

त्यस्तै पुल भत्किनुको कारण सरकारी कार्यालयको प्रभावकारी अनुगमन नहुनु  रहेको स्थानीयको आरोप छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)

यस्तो बन्यो कृष्णभीरमा नयाँ सडक (तस्बिर)

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन भएको छ। पहिरो गएको स्थानभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गरिएको हो।
चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमेको सुरुङमा भेटियो ३ शव, थप खोजी जारी

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ ।