नेभिगेशन
समाज
२५ कराेड प्रकरण :

२५ करोड लिएर रसुवा जानुअघि पटकपटक चिनियाँ नागरिक लिएर कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुग्थे ‘फुच्चे’

नारायण पौडेलको घरमा चिनियाँ नागरिकको उठबस

काठमाडौँ । २५ करोड विदेशी मुद्रा लिएर रसुवा हिँड्नुअघि फुच्चे भनिने कुसाङ लामाले पटक पटक चिनियाँ नागरिक लिएर कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुगेको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रासहित पक्राउ परेका उनले आफूलाई कन्टेनरमा राखिएको पैसाबारे कुनै जानकारी नभएको बयान दिएका थिए। त्यस्तै उनले आफूले आफ्नो ना ७ ख १६५२ नम्बरको ट्रकभित्र साउन्ड बक्स राख्ने फल्स बटन बनाएको समेत बताएका थिए । 

Ncell
Extreme Energy

तर अनुसन्धान अधिकारीसँग फुच्चेले दिएको बयान र उनका गतिविधि भने बाझिएको छ । 

फुच्चेले आफूले चन्द्रागिरीमा आफ्नो गाडी बनाएको, ठिमीमा सर्भिसिङ गराएको, नयाँपाटीमा १ दिन पार्किङ गरेको र जोरपाटीमा २ दिन पार्किङ गरिएको बताएका छन् । ‘मैले वारदातमा प्रयोग गरेको ना ७ ख १६५२ नम्बरको कन्टेनर काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका २ मा अवस्थित बाबा बालखण्डे बडी बिल्डर्स ग्यारेजमा बनाएको हो । उक्त ग्यारेजमा १४÷१५ दिन लगाई गाडी बनाएपछि ठिमीमा सर्भिसिङ गरी काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा १ दिन पार्किङ गरी जोरपाटीमा शङ्कर अस्पताल नजिकैको पार्किङ्गमा २ दिन पार्किङ गरी, पूजा गरी मिति २०८१/१२/०४ गते गाडी निकाली...’, फुच्चेले भनेका छन् । 

kusang-lama-2-1742288181.jpg
फुच्चेले आफूले विभिन्न ठाउँका पार्किङमा गाडी राखेको बताउँदै आएका छन् । जसमध्ये एक ग्यारेजका सञ्चालकले कन्टेनर राखेको आफ्नो ग्यारेजमा फुच्चेले पटक पटक चिनियाँ नागरिक र अन्य शङ्कास्पद व्यक्तिहरू लिएर आउने गरेका बताएका छन् । 
ती सञ्चालकले कुसाङ लामाले विभिन्न समयमा आफ्नो ग्यारेजमा गाडी बनाउन आउने  गरेको बताएका छन् । समय समयमा गाडी बनाउन आउँदा फुच्चेसँग चिनजान भएको र पछिल्लो पटक भने आफ्नो ग्यारेजमा उनले गाडी ल्याएर पार्किङ मात्र गरेको र सो समयमा उनले पटक पटक चिनियाँ र अन्य शङ्कास्पद व्यक्तिहरू लिएर आउने गरेको बताएका छन् । 

‘कुसाङ लामाले ना ७ ख १६५२ नम्बरको सवारी साधन म सञ्चालक रहेको ग्यारेजमा बेलुकाको समयमा ल्याई राखेको मैले बिहान देखेको हुँ । मिति ठ्याक्कै याद भएन । नीजले उक्त सवारी साधन मेराे ग्यारेजमा मर्मत गराएको होइन । अन्तै मर्मत गराई हाम्रो ग्यारेजमा पार्किङ गर्न राखेको रहेछ । त्यसअघि कहिलेकाहीँ हाम्रो ग्यारेजमा कुसाङ लामा निजको कन्टेनर मर्मत गराउन आइरहने सिलसिलामा चिनजान भएकोले हाम्रो ग्यारेजमा राखेको हुन सक्छ । उक्त सवारी साधन हाम्रो ग्यारेजमा केही दिन राखेको जस्तो लाग्छ । उक्त समयमा कुसाङ लामासँग चाइनिज लगायत शङ्कास्पद मानिस समेत बारम्बार आएको देखेको थिएँ ।’, ग्यारेजका सञ्चालकले भनेका छन् । 

यसरी तस्करी गरेर २५ करोड विदेशी मुद्रा लिएर चिनको नाकातर्फ जाँदै गर्दा पक्राउ पर्नु, त्यसपूर्व पटक पटक चिनियाँ नागरिकसहित कन्टेनर पार्किङ गरिएको ग्यारेजमा पुग्नु तर आफूलाई उक्त रकमबारे केही जानकारी नभएको इन्कारी बयान दिनु नै आपसमा बाझिएको छ । यस प्रकरणमा उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएर उनी कारागार समेत चलान भएका छन् । 

नारायण पौडेलको घरमा चिनियाँ नागरिकको उठबस

२५ करोड तस्करीका फरार रहेका मुख्य अभियुक्त नारायण पौडेलको घरमा समेत चिनियाँ नागरिकको आवतजावत हुने गरेको पाइएको छ । पौडेलको टोखाको महादेवटारमा रहेको घरमा घरेलु कामदारका रुपमा बस्दै आएकी एक महिलाका अनुसार पौडेलको घरमा चिनियाँ नागरिकको आवतजावत हुने गर्थ्यो । तर चैत महिना लागेदेखि नै सो घरमा पौडेल, रामबहादुर भन्ने हरिबहादुर भण्डारी र चिनियाँ नागरिकको समेत आवतजावत बन्द भएको थियो ।  

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल (भिडियाे)

बयानका क्रममा ती महिलाले भनेकी छिन्, ‘हाल नारायण पौडेल र निजको परिवार जस्तै गरी बस्ने युनिता खत्री र छोरा चैत महिनाको पहिलो हप्ताबाट उक्त घरमा बसेका छैनन् । सुरुमा नारायण पौडेल गएका थिए, त्यसको भोली पल्टबाट राजकुमार भन्ने हरिबहादुर भण्डारी पनि उक्त घरमा आएका छैनन् । त्यसपछि युनिता खत्री र नारायण पौडेलको छोरो गएका हुन् । निजहरू कहाँ गएका छन्, मलाई थाहा छैन । नारायण पौडेल घरबाट गएको दिनमा बिहान उनले भने बमोजिम सबैका लागि मैले खाना पकाएँ तर उहाँ खाना नखाई जानु भएको हो । युनिता खत्रीले घरबाट निस्कँदा घर राम्रोसँग रेखदेख गर्नु भनी गएकी हुन् । कहाँ जाँदैछु पनि भनेनन् । उनीहरु के काम गर्छन् मलाई थाहा छैन । रङ बेच्ने पसल र होटेल छ भन्ने सुनेको हुँ । बेलाबेलामा चिनियाँ नागरिक आउने गरेको देखेको हुँ । अन्य कुरा मलाई थाहा छैन ।’

चैत सुरुदेखि नै घर जान छोडेका पौडेललाई नै २५ करोड तस्करीका मुख्य अभियुक्त बनाएर राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । यद्यपि उनी कन्टेनरसहित मुद्रा नियन्त्रणमा लिएपछि फोन स्विच अफ गरेर फरार भएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला...
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...