नेभिगेशन
सबै कुरा
प्रिन्सिपल हत्या प्रकरणः

प्रेमिकाकै सुराकीमा प्रिन्सिपलकाे हत्या, विवाहेत्तर सम्बन्धले लियाे ज्यान

बारा बाराको कलैया ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेकी युवतीका अनुसार प्रिन्सिपल स्वर्णकार उनीसँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती युवती अर्का ब्वाइफ्रेन्ड पनि थिए ।

Ncell
Extreme Energy

उनीहरू तीनै जनालाई एकअर्काको सम्बन्ध बारे जानकारी थियो । युवतीका प्रेमीले प्रिन्सिपल स्वर्णकारलाई छोड्न भनेका थिए तर स्वर्णकारले नमाने पछि युवतीसँग मिलेर हत्या योजना बनाएको प्रारम्भिक सोधपुछमा खुलेको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । स्वर्णकारकी प्रेमिकाले हत्यामा दोहोरो भूमिका खेलेको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।

अहिले ति युवती सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला बाल एकता स्कुलकै पूर्वशिक्षिका छिन् । उनीहरूले यस अघि पनि कलैयाको एक होटलमा स्वर्णकारलाई हत्या गर्ने प्रयास गरेको समेत खुलेको छ । तर स्वर्णकार भागेका थिए ।

उनले प्रहरीलाई भने खबर गरेका थिएनन् । तर सोमबार भने उनीहरू सफल भए । योजनाअनुरूप दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।
प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।