नेभिगेशन
सबै कुरा
प्रिन्सिपल हत्या प्रकरणः

प्रेमिकाकै सुराकीमा प्रिन्सिपलकाे हत्या, विवाहेत्तर सम्बन्धले लियाे ज्यान

बारा बाराको कलैया ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकी युवतीका अनुसार प्रिन्सिपल स्वर्णकार उनीसँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती युवती अर्का ब्वाइफ्रेन्ड पनि थिए ।

CG

उनीहरू तीनै जनालाई एकअर्काको सम्बन्ध बारे जानकारी थियो । युवतीका प्रेमीले प्रिन्सिपल स्वर्णकारलाई छोड्न भनेका थिए तर स्वर्णकारले नमाने पछि युवतीसँग मिलेर हत्या योजना बनाएको प्रारम्भिक सोधपुछमा खुलेको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । स्वर्णकारकी प्रेमिकाले हत्यामा दोहोरो भूमिका खेलेको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।

अहिले ति युवती सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला बाल एकता स्कुलकै पूर्वशिक्षिका छिन् । उनीहरूले यस अघि पनि कलैयाको एक होटलमा स्वर्णकारलाई हत्या गर्ने प्रयास गरेको समेत खुलेको छ । तर स्वर्णकार भागेका थिए ।

उनले प्रहरीलाई भने खबर गरेका थिएनन् । तर सोमबार भने उनीहरू सफल भए । योजनाअनुरूप दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।