नेभिगेशन
सबै कुरा

४ पटक कसुर गरेका कैदीलाई राष्ट्रपतिको आममाफि, छुटेपपछि फेरि अपराध

चितवन । डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान नसकिँदै गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा  पुन पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापा पुन पक्राउ परेका हुन्  । उनले भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएका थिए । 

उनले प्रयोग गरेको एनसेल नम्बरको टेलिफोन प्रयोग गरी चितवन प्रहरीले फिरौती रकम दिने बहानामा प्रहरी कार्यालयकै एक सय मिटरको दुरीमा रहेको भरतपुर अस्पताल गेटबाट पक्राउ गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए ।

५५ वर्षका थापा २०६६ सालदेखि ४ पटकसम्म विभिन्न कसुरमा संलग्न भएको प्रहरी रेर्कड छ । पछिल्लो पटक चितवन कारागारमा डाँका मुद्दामा ९ वर्षको जेल सजाय काट्दै थिए । कैद भुक्तान गरेको ४ वर्ष ६ महिना ३ दिन भएपछि गत जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर कैद मुक्त भएका थिए । 

२०६६ सालमा चोरी कसुर,दोस्रो पटक अवैध हतियार देखाइ डाँका सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा खेपेका थिए । 

तेस्रो पटक २०७३ सालमा लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

२०७५ सालमा पनि डाँका सम्बन्धी कसुरमा ९ वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेको उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले माफि मिनाह गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।