नेभिगेशन
सबै कुरा

४ पटक कसुर गरेका कैदीलाई राष्ट्रपतिको आममाफि, छुटेपपछि फेरि अपराध

चितवन । डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान नसकिँदै गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा  पुन पक्राउ परेका छन् ।

मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापा पुन पक्राउ परेका हुन्  । उनले भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

CG

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएका थिए । 

उनले प्रयोग गरेको एनसेल नम्बरको टेलिफोन प्रयोग गरी चितवन प्रहरीले फिरौती रकम दिने बहानामा प्रहरी कार्यालयकै एक सय मिटरको दुरीमा रहेको भरतपुर अस्पताल गेटबाट पक्राउ गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए ।

५५ वर्षका थापा २०६६ सालदेखि ४ पटकसम्म विभिन्न कसुरमा संलग्न भएको प्रहरी रेर्कड छ । पछिल्लो पटक चितवन कारागारमा डाँका मुद्दामा ९ वर्षको जेल सजाय काट्दै थिए । कैद भुक्तान गरेको ४ वर्ष ६ महिना ३ दिन भएपछि गत जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर कैद मुक्त भएका थिए । 

२०६६ सालमा चोरी कसुर,दोस्रो पटक अवैध हतियार देखाइ डाँका सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा खेपेका थिए । 

तेस्रो पटक २०७३ सालमा लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

२०७५ सालमा पनि डाँका सम्बन्धी कसुरमा ९ वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेको उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले माफि मिनाह गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...
नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको...