नेभिगेशन
समाज

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाहरु संगठित भई सत्य तथ्य उजागरमा जुटेकोमा खुशी व्यक्त गरेका छन् । डिजिटल मिडियाको क्षेत्रमा काम गर्ने पत्रकारहरुले आफूलाई अझ बढी संगठित बनाउनुपर्ने आवश्यकता महसुस गरी स्थापना गरेको डिम्यान (डिजिटल मिडिया अलायन्स नेपाल) दिर्घजिवी हुने विश्वास गरे । उनले यो संस्थाले सामाजिक सञ्जालमा ब्याप्त विकृति विरुद्ध लड्नेमा विश्वास व्यक्त गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो ।' उनले भने, 'त्यो कुरालाई पनि तपाईँहरुको यो संकल्पले तोड्नेछ । मैले विश्वास लिएको छु ।'

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले डिम्यानको डकुमेन्ट हेर्दा स्वतन्त्र पत्रकारिता, सत्य समाचार, सही विश्लेषण गर्ने संकल्पसहित अघि बढेको देखिएको बताए । यसमा सबैजना कायम रहनुपर्ने उनको भनाई थियो । 

'तपाईँहरुले गलत काम गर्दै नगर्ने, अस्वस्थ तरिका अवलम्बन नगर्ने जुन प्रतिज्ञा गर्नुभएको छ, यो आजको समयको माग हो । त्यसकारण तपाईँहरु लोकप्रिय हुनु अनिवार्य छ । तपाईँहरु लोकप्रिय हुनुहुने छ र तपाईँको संस्थाले लोकप्रिय काम गर्दैै अगाडी बढ्ने छु', प्रधानमन्त्रीले ओलीले भने । 

उनले राजाको समयमा सत्य बोल्दा पनि कावाही भोग्नुपर्ने समयको चित्रण गरे । पछिल्लो समय मिडियामा स्वतन्त्रता दिइएपनि केही विकृति बढेकोमा उनले चिन्ता व्यक्त गरे । उनले डिम्यानको अगाडी यी कुराहरुलाई सच्याउनुपर्ने चुनौति रहेको बताए । 

‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) आइतबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, रास्वापाका कार्यवाहक सभापति सांसद डिपी अर्याल, सांसद तथा रास्वपा नेता सोविता गौतम, सांसद तथा राप्रपा नेता ज्ञानेन्दै शाही लगायतको उपस्थिति थियो । 

जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिएको थियो । कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गरेको हो । 

‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल भएको थियो। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दिपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गरेका थिए ।

यसैगरी, ‘उद्योगमा ऊर्जास् अर्थतन्त्रमा आशा’भन्ने दोस्रो शत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरियो । यसमा प्यानलिस्टहरू उद्योगमन्त्री दामोदर भण्डारी, उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, त्यस्तै मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गरेका थिए । 

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस भयो। जसमा प्यानलिष्टहरु सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै