नेभिगेशन
मुख्य समाचार

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाहरु संगठित भई सत्य तथ्य उजागरमा जुटेकोमा खुशी व्यक्त गरेका छन् । डिजिटल मिडियाको क्षेत्रमा काम गर्ने पत्रकारहरुले आफूलाई अझ बढी संगठित बनाउनुपर्ने आवश्यकता महसुस गरी स्थापना गरेको डिम्यान (डिजिटल मिडिया अलायन्स नेपाल) दिर्घजिवी हुने विश्वास गरे । उनले यो संस्थाले सामाजिक सञ्जालमा ब्याप्त विकृति विरुद्ध लड्नेमा विश्वास व्यक्त गरे । 

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो ।' उनले भने, 'त्यो कुरालाई पनि तपाईँहरुको यो संकल्पले तोड्नेछ । मैले विश्वास लिएको छु ।'

CG

प्रधानमन्त्री ओलीले डिम्यानको डकुमेन्ट हेर्दा स्वतन्त्र पत्रकारिता, सत्य समाचार, सही विश्लेषण गर्ने संकल्पसहित अघि बढेको देखिएको बताए । यसमा सबैजना कायम रहनुपर्ने उनको भनाई थियो । 

'तपाईँहरुले गलत काम गर्दै नगर्ने, अस्वस्थ तरिका अवलम्बन नगर्ने जुन प्रतिज्ञा गर्नुभएको छ, यो आजको समयको माग हो । त्यसकारण तपाईँहरु लोकप्रिय हुनु अनिवार्य छ । तपाईँहरु लोकप्रिय हुनुहुने छ र तपाईँको संस्थाले लोकप्रिय काम गर्दैै अगाडी बढ्ने छु', प्रधानमन्त्रीले ओलीले भने । 

उनले राजाको समयमा सत्य बोल्दा पनि कावाही भोग्नुपर्ने समयको चित्रण गरे । पछिल्लो समय मिडियामा स्वतन्त्रता दिइएपनि केही विकृति बढेकोमा उनले चिन्ता व्यक्त गरे । उनले डिम्यानको अगाडी यी कुराहरुलाई सच्याउनुपर्ने चुनौति रहेको बताए । 

‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) आइतबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी, रास्वापाका कार्यवाहक सभापति सांसद डिपी अर्याल, सांसद तथा रास्वपा नेता सोविता गौतम, सांसद तथा राप्रपा नेता ज्ञानेन्दै शाही लगायतको उपस्थिति थियो । 

जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिएको थियो । कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गरेको हो । 

‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल भएको थियो। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दिपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गरेका थिए ।

यसैगरी, ‘उद्योगमा ऊर्जास् अर्थतन्त्रमा आशा’भन्ने दोस्रो शत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरियो । यसमा प्यानलिस्टहरू उद्योगमन्त्री दामोदर भण्डारी, उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, त्यस्तै मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गरेका थिए । 

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस भयो। जसमा प्यानलिष्टहरु सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
पूर्वप्रधानमन्त्री खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

पूर्वप्रधानमन्त्री खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।
सुनको मूल्य प्रतिताेला २ लाख ६८ हजार पुग्यो

सुनको मूल्य प्रतिताेला २ लाख ६८ हजार पुग्यो

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...