नेभिगेशन
समाज

रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

काठमाडौँ । बुटवलको सुप्रिम सहकारीकी बचतकर्ताले पुजा न्यौपानेले आफ्नो नाम उजुरीकर्ताको रूपमा कसैलाई थुनाउनका लागि प्रयोग गरिएको भन्दै आपत्ति  जनाएकी छिन् । बुटवल प्रहरीले पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको भन्दै उजुरीकर्ताको सूचीमा आफ्नो नाम समेत समावेश रहेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आफूले कुनै पनि व्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी नगरेको बताइन्। उनले लेखेकी छिन्, ‘मैले कुनै व्यक्ति विशेषलाई उजुरी दिएकी छैन, तर तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ !  मैले ढिला मात्रै थाहा पाए । कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारी सम्म दिएन’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूले आफ्नो बचत फिर्ता पाउँ भनेर प्रहरीमा निवेदन दिएको र निवेदन दिने क्रममा आफूले बुझाएको कागजातसमेत दुरुपयोग भएको बताएकी छिन् । ‘म सुप्रिम सहकारीको बचतकर्ता र सहकारी पीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरै थोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाए त्यसपछि धेरै पटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाइनमा बसे । पछि इलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरूले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो ।’, उनले लेखेकी छिन्, ‘मैले उजुरी दिएकै हैन मैले त पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ ।’

त्यस्तै उनले कसैलाई राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्दा आफूहरू सोझा जनतालाई प्रयोग नगर्न समेत आग्रह गरेकी छिन् । स्ट्याटस लेख्दै उनले आफूहरूले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएकी छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बुटवलका पीडितले उजुरी दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित जिल्ला सरकारी वकिलको कार्यालय पुनः उच्च अदालत पुगेको थियो । वकिल कार्यालयको माग सदर गर्दै उच्चले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

यतिबेला रवि लामिछाने अदालतको आदेश पालना स्वरुप रुपन्देही कारागारमा छन् । तर प्रहरीले जसलाई रवि लामिछानेविरुद्धका उजुरीकर्ता भनेर उल्लेख गरेको थियो, तीनै उजुरीकर्ताहरूले एकपछि अर्को गर्दै आफूहरूले रवि लामिछानेविरुद्ध उजुरी नदिएको बताउँदै आएका छन् । उनीहरूले आफूहरूको नाम र कागजात दुरुपयोग गरेर कसैलाई फसाउन नपाउन बताउँदै आएका छन् । 

यसअघि उजुरीकर्ता भनिएका सुप्रिम सहकारीका बचतकर्ता नारायण पहराई र गीता आचार्यले समेत आफूहरूले रवि लामिछानेविरुद्ध उजुरी नदिएको बताइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन्।
बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटका सन्र्दभमा सुझाव लिएका हुन्।