नेभिगेशन
मुख्य समाचार

रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

काठमाडौँ । बुटवलको सुप्रिम सहकारीकी बचतकर्ताले पुजा न्यौपानेले आफ्नो नाम उजुरीकर्ताको रूपमा कसैलाई थुनाउनका लागि प्रयोग गरिएको भन्दै आपत्ति  जनाएकी छिन् । बुटवल प्रहरीले पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको भन्दै उजुरीकर्ताको सूचीमा आफ्नो नाम समेत समावेश रहेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आफूले कुनै पनि व्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी नगरेको बताइन्। उनले लेखेकी छिन्, ‘मैले कुनै व्यक्ति विशेषलाई उजुरी दिएकी छैन, तर तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ !  मैले ढिला मात्रै थाहा पाए । कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारी सम्म दिएन’

CG

त्यस्तै उनले आफूले आफ्नो बचत फिर्ता पाउँ भनेर प्रहरीमा निवेदन दिएको र निवेदन दिने क्रममा आफूले बुझाएको कागजातसमेत दुरुपयोग भएको बताएकी छिन् । ‘म सुप्रिम सहकारीको बचतकर्ता र सहकारी पीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरै थोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाए त्यसपछि धेरै पटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाइनमा बसे । पछि इलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरूले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो ।’, उनले लेखेकी छिन्, ‘मैले उजुरी दिएकै हैन मैले त पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ ।’

त्यस्तै उनले कसैलाई राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्दा आफूहरू सोझा जनतालाई प्रयोग नगर्न समेत आग्रह गरेकी छिन् । स्ट्याटस लेख्दै उनले आफूहरूले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएकी छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बुटवलका पीडितले उजुरी दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएका लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित जिल्ला सरकारी वकिलको कार्यालय पुनः उच्च अदालत पुगेको थियो । वकिल कार्यालयको माग सदर गर्दै उच्चले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

यतिबेला रवि लामिछाने अदालतको आदेश पालना स्वरुप रुपन्देही कारागारमा छन् । तर प्रहरीले जसलाई रवि लामिछानेविरुद्धका उजुरीकर्ता भनेर उल्लेख गरेको थियो, तीनै उजुरीकर्ताहरूले एकपछि अर्को गर्दै आफूहरूले रवि लामिछानेविरुद्ध उजुरी नदिएको बताउँदै आएका छन् । उनीहरूले आफूहरूको नाम र कागजात दुरुपयोग गरेर कसैलाई फसाउन नपाउन बताउँदै आएका छन् । 

यसअघि उजुरीकर्ता भनिएका सुप्रिम सहकारीका बचतकर्ता नारायण पहराई र गीता आचार्यले समेत आफूहरूले रवि लामिछानेविरुद्ध उजुरी नदिएको बताइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
मधेस सरकार बारे सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु, नपाए उपधार २ अनुसार सरकार गठन गर्नु

मधेस सरकार बारे सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु, नपाए उपधार २ अनुसार सरकार गठन गर्नु

अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ । यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन् । विश्वासको मत नपाएमा अर्को...
भदौ २३ मा जेनजी शहिद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ मा जेनजी शहिद दिवस मनाउने सरकारको निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना...
बैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

बैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

बैकुण्ठ प्रसाद अर्याललाई सरकारले सचिवमा बढुवा गरेका छ । सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव रहेका अर्याललाई सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय...