नेभिगेशन
समाज

गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूसँगै चुनाव लडेर हारेको मान्छेलाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राजनीतिक दलको पदाधिकारी वा सदस्य भएको मान्छेलाई गभर्नर बनाउन अघि सारेको भन्दै कटाक्ष गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपाली कांंग्रेसबाट आफूसँगै चुनाव लडेर तेस्रो भएका विश्व पौडेललाई इङ्गित गर्दै राजनीतिक दलको सदस्यता लिएको व्यक्ति गभर्नर बन्न नपाउने कानुनी व्यवस्था संसद्लाई जानकारी गराएका छन् । ‘आज राष्ट्र बैङ्क ऐन २०५८ को दफा २१ बारे सबै जानकार छौँ होला। राजनीतिक दलको पदाधिकारी वा सदस्य राष्ट्र बैङ्कको गभर्नर हुन अयोग्य हुने भनिएको छ । अहिले चर्चामा जसको नाम आइरहेको छ, समाचारमा आइरहेको छ । हाक्काहाक्की चुनाव लडेको मान्छे, त्यो पनि मैसँग हो फेरि, मसँग तेस्रो भा हो है फेरि । भारी मतले । हाक्काहाक्की गभर्नर भनेर अगाडि सारिएको छ। यो राष्ट्र बैङ्क ऐन २०५८ को दफा २१ सबैलाई जानकारी गराउन चाहन्छु।’, ढकालले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले पौडेलको गभर्नर बन्न आवश्यक योग्यतामाथि नै प्रश्न उठाएका छन् । कृषि वातावरण पढेको मान्छेले मौद्रिक नीतिसम्मको कान गर्न सकिएला ? भन्दै प्रश्न सोझ्याएका छन् । ‘अर्को छ राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० (ग) । यहाँ विषयगत कार्य अनुभव भनिएको छ। कृषि वातावरण पढेर मौद्रिक नीति बनाउने मौद्रिक नीतिसम्मको काम गर्नुपर्ने राष्ट्र बैङ्क चलाउन सकिएला ?’, उनले भनेका छन्, ‘त्यस्तै कार्य अनुभवको कुरा छ । तीनै व्यक्तिको कार्य अनुभव, जो समाचारमा आइरहेका छन् यत्रतत्र । उहाँको कार्य अनुभव यो क्षेत्रमा कत्ति पनि छैन । छँदै छैन । कता हो कलेजतिर करारमा पढाएको चाल पाएको थिएँ अलिअलि, एनसीसीमा कन्सल्टेन्टको रूपमा पटके काम गरेको चाल पाएको थिएँ। काम गर्नुभएको छैन उहाँले, यो क्षेत्रलाई योग्यता पुग्ने गरी । यो विषयमा विशेष ध्यान दिइयोस् ।’ 

सांसद ढकालले पौडेलको दोहोरो चरित्रमाथि पनि व्यङ्ग्यात्मक शैलीमा प्रश्न उठाएका छन् । नेपाल सरकारले गभर्नर सिफारिस गर्न बनाएको समितिमा रहेका पौडेलले पछि आफैँ गभर्नर बन्छु भनेर तम्सिनु लज्जास्पद भएको बताए । ‘अर्को छ राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० । जहाँ उच्च नैतिक चरित्र हुनुपर्ने भनिएको छ। यो पो छ त रोचक त । सिफारिस समितिमा आफैँ बस्ने । मान्छे भेटाइएन भनेर तीन महिना पछाडि आफै अगाडि ? यहाँभन्दा अर्को रोचक के होला ? लाजलाई पनि अब त धेरै लाज लागिसकेको छ।’, ढकालले प्रश्न तेर्साए ।

त्यस्तै उनले विगतमा दलीयकरणको बाछिटाका कारण वित्तीय नीति, बजेट नीति, मौद्रिक नीति लगायतको कार्यान्वयनमा परेको समस्यालाई सम्झिँदै पुनः दलीयकरणको अभ्यासमा दलबाट नै खुल्लमखुल्ला हाम्रा दलका तर्फबाट भन्दै जुन किसिमको अभ्यास गरिराखिएको छ, त्यो एकदमै निन्दनीय भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।