नेभिगेशन
मुख्य समाचार

असिम शाहकाे प्रश्न: ‘लोडसेडिङको गरेकोमा धन्यवाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले देशमा भईरहेको विद्युत अवरोध विषय संसदमा उठाएका छन् । उनले बिना जानकारी लोडसेडिङ भइरहेको भन्दै धन्यवाद उर्जामन्त्रीलाई दिने कि विद्यतु प्राधिकरणका नयाँ एमडीलाई भनेर प्रश्न गरेका छन्  । शुक्रबार प्रतिनिध सभाको शून्य समयमा यस्तो प्रश्न गरेका हुन् । उनले यस्तै चलिरहे जनताले ‘सरकारको बत्ती निभाइदिने दिन टाढा नरहेको बताए । अहिले अन्धकारमा सरकारको अनुहार झल्झली याद गरेका जनताले ८४ मा बिजुली बाल्दा पनि नदेख्लान् भन्दै व्यंग्य गरे । 

उनले भने, 
‘संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौँ र झ्याप्प बत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न। तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ? बत्ती जानासाथ, खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार। हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला। बेला बेला झ्याप्प झ्याप्प लाइट जानु नयाँ दैनिकी बनिसकेको छ । धेरै हावा चल्यो, बिजुली जान्छ, पानी पर्‍यो  बिजुली जान्छ। अहिले त न हावा न पानी त्यैपनि झ्याप्प बिजुली जान्छ। । अब धन्यबाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई दिने हो सरकारले स्पष्ट पारिदिनु पर्‍यो ।’
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।
निर्वाचन ६९ दिन बाँकीः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

निर्वाचन ६९ दिन बाँकीः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल...
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...