नेभिगेशन
समाज

असिम शाहकाे प्रश्न: ‘लोडसेडिङको गरेकोमा धन्यवाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले देशमा भईरहेको विद्युत अवरोध विषय संसदमा उठाएका छन् । उनले बिना जानकारी लोडसेडिङ भइरहेको भन्दै धन्यवाद उर्जामन्त्रीलाई दिने कि विद्यतु प्राधिकरणका नयाँ एमडीलाई भनेर प्रश्न गरेका छन्  । शुक्रबार प्रतिनिध सभाको शून्य समयमा यस्तो प्रश्न गरेका हुन् । उनले यस्तै चलिरहे जनताले ‘सरकारको बत्ती निभाइदिने दिन टाढा नरहेको बताए । अहिले अन्धकारमा सरकारको अनुहार झल्झली याद गरेका जनताले ८४ मा बिजुली बाल्दा पनि नदेख्लान् भन्दै व्यंग्य गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 
‘संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौँ र झ्याप्प बत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न। तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ? बत्ती जानासाथ, खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार। हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला। बेला बेला झ्याप्प झ्याप्प लाइट जानु नयाँ दैनिकी बनिसकेको छ । धेरै हावा चल्यो, बिजुली जान्छ, पानी पर्‍यो  बिजुली जान्छ। अहिले त न हावा न पानी त्यैपनि झ्याप्प बिजुली जान्छ। । अब धन्यबाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई दिने हो सरकारले स्पष्ट पारिदिनु पर्‍यो ।’
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...