नेभिगेशन
समाज

‘धुलोरहित सडक’ निर्माण कार्यको अनुगमनमा सुनिता डंगोल: प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ । योजना अनुगमन समितिले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (सडकमा कालोपत्रे थप गर्ने) को अनुगमन गरेको छ । बिहीबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन गरिएको हो । यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा सुवेदी लामिछानेसहित प्राविधिकहरु थिए । 

अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै उपप्रमुख डंगोलले, प्राविधिक प्रतिवेदन माग गरेकी छिन्। काम राम्रो देखिएको र त्यसलाई पुष्टि गर्न कागजमा लेखिएको र फिल्डको अवस्था दाँजेर हेर्नुपर्ने भन्दै उनले इञ्जिनियरहरुसँग प्राविधिक प्रतिवेदन पेश गर्न बताएकी छिन् । 

CG

अनुगमनका क्रममा सडक कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण, ढल निकास, खानेपानीसहित अन्य संरचनासँगको सञ्जाल सम्बन्ध हेरिएको थियो । निर्माण कार्यअन्तर्गत अस्फाल्टको काम सकिएको छ भने साइड ड्रेन (सतह पानीको निकास) का लागि काम गर्न बाँकी रहेको छ । 

यो मार्ग ४३४ मिटर लामो छ । महानगर गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत सडकमा ओभरलेइङ् गरिएको हो । यो मार्ग सँगै महानगरपालिकाको उत्तरी क्षेत्र (वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३०) का ९ वटा वडाका सडक ओभरलेइङ् भइरहेका छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु(आरए जेभीले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । यसअन्तर्गत अहिलेसम्म करिब २० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ ।      

महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत सडकमा ओभरलेइङ् गर्ने, आसीसी ढलान गर्ने, ढुङ्गा छाप्ने काम गरिन्छ । यो ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको छ । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । 

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभीले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो । 

पश्चिम क्षेत्रमा वडा नं १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि करिब ६६ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यो कामका लागि पिआर के एण्ड के.जी.– अम्बुजा जेभीसँग २०८२ बैशाख २ गते ६५ करोड ७० लाख रुपैयाँमा काम गर्न सम्झौता भएको छ । यसको अवधि २०८४ वैशाख मसान्तसम्म हो ।  

सडकसँग सम्बन्धित अर्को परियोजनाले मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्छ । यसका लागि  महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आव्हान गरेको थियो । यसमा छानिएको गणेश एण्ड गंगा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भयो । करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...