नेभिगेशन
समाज

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयक (प्रतिवेदनसहित)

काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उपसमिति संयोजक छबिलाल विश्वकर्माले समिति सभापति अम्वर बहादुर थापालाई उपसमितिको प्रतिवेदन हस्तान्तरण गरेका हुन् । उपसमिति संयोजक विश्वकर्माले विद्यालय शिक्षा विधेयकको बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार गरेको जानकारी दिए । १०१ दफामा परिमार्जन गरिएको, १३ वटा नयाँ दफा थप गरिएको, ४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरुपमा टुङ्गोमा पुराइएको उनले बताए । 

Ncell
Extreme Energy

उनले दफावार छलफलका क्रममा उपसमितिमा निजि लगानीका विद्यालयहरुको नियमन र निश्चित समय तोकि गुठीमा रुपान्तरीत हुने व्यवस्था लगायतका सन्दर्भ, प्रारम्भीक बाल बिकास शिक्षालाई विद्यालय शिक्षाको अंग मान्ने र यसलाई दुई बर्षको बनाउने, हाल कार्यरत बाल सहजकर्तालाई एक पटक प्रतिष्पर्धा गर्न उमेर हद नलाग्ने बिषयमा छलफल भएको जानकारी दिए । तर निजि लगानीका विद्यालय र प्रारम्भीक बाल बिकाससँग सम्बन्धीत बिषयमा कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ । 

उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरि बैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको थियो । निर्धारित समयमा काम नसकिएपछि समितिले उपसमितिलाई थप १० दिनको समय दिएको थियो । थप भएको समयमा उपसमितिको ४६ वटा बैठक बसेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...